प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतका तत्कालीन का.मु. निर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछाने र मोहन बहादुर कार्की, लेखा अधिकृत, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कन्सल्ट्यान्ट प्रा.लि.का संचालकसमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०५।२६ गते ।
-----------------------------------------------------

दैलेख जिल्ला, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ३ स्थित चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‍बाट विभिन्न तालिम संचालनका लागि प्राप्त रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतले विना सूचना, विना प्रतिष्पर्धा एकै चोटी कार्यक्षेत्र, क्षमता, आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम संचालनको अनुमति दिई श्री चामुण्डा माध्यमिक विद्यालय चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ हाडाकोट दैलेखसँग सम्झौता गरेको र उक्त विद्यालय आफैले सञ्चालन गर्नुपर्ने तालिम इलाईट इन्फ्रास्ट्क्चर एण्ड डिभलपमेन्ट कन्सल्टयान्ट प्रा.लि. काठमाडौंलाई सबै तालिम संचालन गर्न सो विद्यालय आफैले अनुमति प्राप्त गर्नुपूर्व करारनामा गरी तालिम संचालन गर्न दिएको भनी सम्झौता कागज तयार गरेको र यसरी सम्झौता गर्दा कुनै सूचना प्रकाशन एवं प्रतिष्पर्धा नगरी सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् आर्थिक प्रशासनसम्वन्धी विनियमावली, २०६२ मा रहेका प्रावधान विपरीत वोलपत्रमार्फत गर्नुपर्ने कार्य नगरी सिधै मिलेमतोमा तालिम संचालन गर्न दिएको, छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम संचालन कार्यविधि २०७५ अनुसार प्रशिक्षार्थी छनौट प्रक्रिया र तालिमका सहभागीहरुको योग्यता  तोकिएकोमा सो पालना नगरी सिधै निजी संस्थाले प्रशिक्षार्थी छनौट गरेको देखिएको, उक्त कार्यविधि अनुसार मुख्य र सहायक प्रशिक्षक नतोकिएको, सामान खरिद गरेको भन्ने झुठा विलहरु पेश गरेको र खरिद सामान आम्दानी तथा खर्च गरेको नदेखिएकोबाट तालिम संचालनका लागि चाहिने सामान नै खरिद नगरिएको भन्ने देखिँदादेखिँदै तालिम संचालन भएको भनी रितपूर्वकका विलभरपाई, कागजात नराखी, लेखाङ्‍कनसमेत नगरी, नक्कली तथा झुठ्ठा विल भरपाई कागजातहरु पेश गरी सो विद्यालयबाट गोश्वारा भौचरसमेत नउठाई सिधै व्यक्ति तथा संस्थालाई रकम भुक्तानी दिई खर्चसमेत गरेको कार्यलाई मान्यता दिनेगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतका कर्मचारीहरुले चामुण्डा माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र इलाईट इन्फ्रास्ट्रक्चर डिभलपमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. काठमाडौं नामक निजी संस्थाका संचालकसमेतसँगको मिलेमतोमा सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याउने वदनियतले सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले देहायका व्यक्तिहरुउपर देहायवमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ वमोजिम आज विशेष अदालत,  काठमाडौँमा आरोपपत्र दायर गरिएको छ । क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22