जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ओम सप्लायर्स, कलैया-६, बाराका प्रोपाइटर ओम शंकर प्रसाद र उक्त सप्लायर्स कम्पनीउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०३।१० गते ।
----------------------------------------------------

जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिकाले आ.व. २०७६/०७७ को लागि उपमहानगरको १६ नं. वडामा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खननको लागि ओम सप्लायर्सलाई ठेक्का दिएकोमा सो सप्लायर्सले ठेक्का सम्झौता अनुरुपको कार्य नगरी गैरकानूनी तरिकाले उत्खनन् गरेको साथै उपमहानगरपालिकाका कर्मचारीले ठेकेदारसँग अवाञ्छित मिलेमतो गरी आर्थिक चलखेलमा राज्यको स्रोत साधनको दोहन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले पसाहा खोलाबाट आ.व. २०७६/०७७ को खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी ओम सप्लायर्स, कलैया उपमहानगरपालिका- ६ बारासँग सम्झौता गर्दाको बखत बाँकी दुई किस्ताको हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्यसम्पादन जमानत लिनुपर्नेमा नलिई सम्झौता गरेको कारण उक्त आ.व.मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अङ्कमध्ये बाँकी रकम रु.९९,९९,९९९।- (मु.अ. कर बाहेक) हालसम्म दाखिला हुन नसकी उपमहानगरपालिकाको राजस्व रकम चुहावट हुन पुगेको देखिएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ देहाय (क) बमोजिमको कसुर भएकोले जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जितपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलाई बिगो रु.९९,९९,९९९।– (उनान्सय लाख उनान्सय हजार नौसय उनान्सय रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ७ बमोजिम जरिवाना हुन एवं ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (ज) बमोजिम कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै खोलाजन्य पदार्थको उत्खनन तथा बिक्री वितरणको ठेक्का लिएवापत सम्झौताबमोजिम तिर्न बाँकी तेस्रो किस्तावापतको रकम रु.९९,९९,९९९।- र बिक्री ठेक्का कबोल अङ्कको हुन आउने मूल्य अभिवृद्धि कर रकम रु.३८,९९,९९९।८७ दाखिला गरेको नदेखिएकोले सो समेत गरी जम्मा रकम रु.१,३८,९९,९९८।८७ सार्वजनिक निकायसमक्ष गरेको कबुलियत, सम्झौता पालना नगरी सार्वजनिक निकायलाई हानिनोक्सानी पुर्‍याएकोले ओम सप्लायर्स, कलैया-६, बारा र ऐ.ऐ.का प्रोप्राइटर ओम शंकर प्रसादको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएकोले ओम सप्लायर्स, कलैया ६, बारा र ऐ.ऐ.का प्रोपाइटर निज ओम शंकर प्रसादलाई बिगो रु.१,३८,९९,९९८।८७  (एक करोड अठतीस लाख उनान्सय हजार नौ सय अन्ठानब्बे रुपैयाँ सतासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिम सजाय गरी बिगो जफत हुन समेतको मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10