जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४, मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र उक्त सप्लायर्स कम्पनीउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।



प्रेस विज्ञप्ति:- मिति २०७९।०३।१० गते ।
----------------------------------------------------

जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका समेतले न्यू पाथिभरा सप्लायर्स,  हेटौंडासँग सम्झौता पत्रमा उल्लेख भएबमोजिमको सर्तहरू पूरा नगर्दा पनि नियमित रूपमा गिट्टी बालुवा उत्खनन, बिक्री वितरण कार्य गर्न दिइएको हुँदा उपमहानगरपालिकाका कर्मचारीहरूको समेत संलग्नतामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी न्यू पाथिभरा सप्लायर्स हेटौंडा-४, मकवानपुरसँग सम्झौता गर्दाको बखत दुई किस्तावापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा सो नलिई सम्झौता गरेको कारण आ.व.२०७६/०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अङ्कमध्ये हालसम्म दाखिला गर्न बाँकी रकम रु.१,२०,२८,०९०।- नगरपालिकाको राजस्व रकम चुहावट हुन गएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७(क) बमोजिमको कसुर भएकोले जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जितपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलाई बिगो रु.१,२०,२८,०९०।- (एक करोड बीस लाख अठ्ठाइस हजार नब्बे रुपैयाँ) कायम गरी सोही ऐनको दफा ७ बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४, मकवानपुरले कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको रकम रु.१,२०,२८,०९०।- र ठेक्का कबोल अङ्कको हुन आउने मूल्य अभिवृद्धि कर रकम रु.४६,४४,५१०।- दाखिला गरेको नदेखिएकोले सो रकमसमेत गरी रु.१,६६,७२,६००।- सार्वजनिक निकायलाई हानिनोक्सानी गरेकोले न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४ मकवानपुर र सोका प्रोपाइटर मिराकुमारी श्रेष्ठको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर भएकोले न्यू पाथिभरा सप्लायर्स, हेटौडा-४, मकवानपुर र ऐ.ऐ.का प्रोपाइटर निज मिराकुमारी श्रेष्ठलाई बिगो रु.१,६६,७२,६००।- (एक करोड छैसठ्ठी लाख बहत्तर हजार छ सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी पाउन र उक्त बिगो सोही दफा बमोजिम जफत हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14