जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४, मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र उक्त सप्लायर्स कम्पनीउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।



प्रेस विज्ञप्ति:- मिति २०७९।०३।१० गते ।
----------------------------------------------------

जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका समेतले न्यू पाथिभरा सप्लायर्स,  हेटौंडासँग सम्झौता पत्रमा उल्लेख भएबमोजिमको सर्तहरू पूरा नगर्दा पनि नियमित रूपमा गिट्टी बालुवा उत्खनन, बिक्री वितरण कार्य गर्न दिइएको हुँदा उपमहानगरपालिकाका कर्मचारीहरूको समेत संलग्नतामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी न्यू पाथिभरा सप्लायर्स हेटौंडा-४, मकवानपुरसँग सम्झौता गर्दाको बखत दुई किस्तावापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा सो नलिई सम्झौता गरेको कारण आ.व.२०७६/०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अङ्कमध्ये हालसम्म दाखिला गर्न बाँकी रकम रु.१,२०,२८,०९०।- नगरपालिकाको राजस्व रकम चुहावट हुन गएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७(क) बमोजिमको कसुर भएकोले जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जितपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलाई बिगो रु.१,२०,२८,०९०।- (एक करोड बीस लाख अठ्ठाइस हजार नब्बे रुपैयाँ) कायम गरी सोही ऐनको दफा ७ बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४, मकवानपुरले कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको रकम रु.१,२०,२८,०९०।- र ठेक्का कबोल अङ्कको हुन आउने मूल्य अभिवृद्धि कर रकम रु.४६,४४,५१०।- दाखिला गरेको नदेखिएकोले सो रकमसमेत गरी रु.१,६६,७२,६००।- सार्वजनिक निकायलाई हानिनोक्सानी गरेकोले न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४ मकवानपुर र सोका प्रोपाइटर मिराकुमारी श्रेष्ठको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर भएकोले न्यू पाथिभरा सप्लायर्स, हेटौडा-४, मकवानपुर र ऐ.ऐ.का प्रोपाइटर निज मिराकुमारी श्रेष्ठलाई बिगो रु.१,६६,७२,६००।- (एक करोड छैसठ्ठी लाख बहत्तर हजार छ सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी पाउन र उक्त बिगो सोही दफा बमोजिम जफत हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22