जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झाउपर बिगो रु. २,४४,७१,१०५।५१ कामय गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०३।०८ गते ।
----------------------------------------------------

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुव्वा गणपति झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज गणपति झा मिति २०३९।०८।०९ मा गा.वि.स.सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्‍चात विभिन्‍न पद तथा कार्यालयमा कार्यरत रही मिति २०७८ साल श्रावण महिनाबाट अवकाश पाएको देखिंदा निजको परीक्षण अवधि २०३९।४० देखि २०७७।७८ सम्मको समग्र आय/व्यय हेर्दा आय/आर्जनतर्फ पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी संचयकोषको ऋण, कृषि आय, सवारी साधनको आय, वीमा म्याचुरीटि र न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आय समेत गरी जम्मा रु.२,४२,६७,१०४।५६ (अक्षरुपी दुई करोड वयालीस लाख सतसट्ठी हजार एकसय चार रुपैया र पैसा छपन्न) आय/आर्जन गरेको र व्ययतर्फ जग्गा खरिदमा, विभिन्न बैंकबाट लिएको ऋणको साँवाब्याज, विभिन्न प्रकारका सवारी साधन (जेसिवी, स्कार्पियो, बोलेरो, ट्याक्टर) समेत खरिद, घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनसमेतका व्यवसायिक फर्म तथा कम्पनीको दर्ता तथा सञ्चालनमा, कृषि उपकरण खरिदसमेत गरी रु.४,८७,३८,२१०।०७ (अक्षरुपी चार करोड सतासी लाख अठ्तीस हजार दुइसय दश रुपैया र पैसा सात) खर्च तथा लगानी गरेको, यसरी निज गणपति झाको समग्र आय रु.२,४२,६७,१०४।५६ बाट समग्र व्यय रु.४,८७,३८,२१०।०७ घटाउँदा हुन आउने रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालीस लाख एकहत्तर हजार एक सय पाँच रुपैया र पैसा एकाउन्न) बराबरको खर्च तथा लगानी (सम्पति) को वैधानिक स्रोत खुल्न नआएको हुँदा निज गणपति झाले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सोही दफा १५ ले लक्षित गरेको सोही ऐनको दफा ३ एवं सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज गणपति झालाई बिगो रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालीस लाख एकहत्तर हजार एकसय पाँच रुपैया र पैसा एकाउन्न मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ दफा ३ को कसुरमा तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद तथा जरिवाना गर्न साथै साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये श्रोत नखुलेको रु.१,७५,१३,३२३।५८ मूल्य बराबरको सम्पत्ति तथा सोही सम्पत्तिमध्ये आंशिक रुपमा श्रोत खुलेको रु.६३,७३,५५५।८१ मूल्य बराबरको सम्पत्ति एवं बाँकी अपुग विगो निज गणपति झाको नाममा रहको नेपाल इन्भेष्टमेण्ट वैङ्क लिमिटेडको मौज्दातबाट रु.५,८४,२२६।१२ समेत गरी जम्मा रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालिस लाख एकहत्तर हजार एकसय पाँच रुपैया र पैसा एकाउन्न मात्र)  जफत गर्न तथा निज गणपति झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत आफ्नी एकासगोलकी पत्नी मीनादेवी झा एवं एकासगोलका छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा राखेको देखिएको हुँदा निजहरुको नाममा रहेको सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र मीनादेवी झा, दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झालाई समेत प्रतिवादी कायम गरी आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

जिल्ला सर्लाही, बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/14
नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/13
जिल्ला दोलखा, मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जना उपर सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/12
जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र जिल्ला कैलाली, गोदावारी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउद उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/08
जिल्ला पर्सा, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत ४ जना र बिज्ञापन एजेन्सी के.एस.मल्टिपर्पोज प्रा.लि. वीरगंज उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/07
जिल्ला उदयपुर, त्रियुगा नगरपालिका, वडा नं. १ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिना कुमारी चौधरीसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/06
जिल्ला सर्लाही, साविक हरिपूर्वा गा.बि.स.का तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव उपर गलत लिखत तयार गर्ने तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/05
जिल्ला बाजुरा, बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसमेत १४ जना र जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/04