जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झाउपर बिगो रु. २,४४,७१,१०५।५१ कामय गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०३।०८ गते ।
----------------------------------------------------

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुव्वा गणपति झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज गणपति झा मिति २०३९।०८।०९ मा गा.वि.स.सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्‍चात विभिन्‍न पद तथा कार्यालयमा कार्यरत रही मिति २०७८ साल श्रावण महिनाबाट अवकाश पाएको देखिंदा निजको परीक्षण अवधि २०३९।४० देखि २०७७।७८ सम्मको समग्र आय/व्यय हेर्दा आय/आर्जनतर्फ पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी संचयकोषको ऋण, कृषि आय, सवारी साधनको आय, वीमा म्याचुरीटि र न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आय समेत गरी जम्मा रु.२,४२,६७,१०४।५६ (अक्षरुपी दुई करोड वयालीस लाख सतसट्ठी हजार एकसय चार रुपैया र पैसा छपन्न) आय/आर्जन गरेको र व्ययतर्फ जग्गा खरिदमा, विभिन्न बैंकबाट लिएको ऋणको साँवाब्याज, विभिन्न प्रकारका सवारी साधन (जेसिवी, स्कार्पियो, बोलेरो, ट्याक्टर) समेत खरिद, घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनसमेतका व्यवसायिक फर्म तथा कम्पनीको दर्ता तथा सञ्चालनमा, कृषि उपकरण खरिदसमेत गरी रु.४,८७,३८,२१०।०७ (अक्षरुपी चार करोड सतासी लाख अठ्तीस हजार दुइसय दश रुपैया र पैसा सात) खर्च तथा लगानी गरेको, यसरी निज गणपति झाको समग्र आय रु.२,४२,६७,१०४।५६ बाट समग्र व्यय रु.४,८७,३८,२१०।०७ घटाउँदा हुन आउने रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालीस लाख एकहत्तर हजार एक सय पाँच रुपैया र पैसा एकाउन्न) बराबरको खर्च तथा लगानी (सम्पति) को वैधानिक स्रोत खुल्न नआएको हुँदा निज गणपति झाले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सोही दफा १५ ले लक्षित गरेको सोही ऐनको दफा ३ एवं सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज गणपति झालाई बिगो रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालीस लाख एकहत्तर हजार एकसय पाँच रुपैया र पैसा एकाउन्न मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ दफा ३ को कसुरमा तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद तथा जरिवाना गर्न साथै साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये श्रोत नखुलेको रु.१,७५,१३,३२३।५८ मूल्य बराबरको सम्पत्ति तथा सोही सम्पत्तिमध्ये आंशिक रुपमा श्रोत खुलेको रु.६३,७३,५५५।८१ मूल्य बराबरको सम्पत्ति एवं बाँकी अपुग विगो निज गणपति झाको नाममा रहको नेपाल इन्भेष्टमेण्ट वैङ्क लिमिटेडको मौज्दातबाट रु.५,८४,२२६।१२ समेत गरी जम्मा रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालिस लाख एकहत्तर हजार एकसय पाँच रुपैया र पैसा एकाउन्न मात्र)  जफत गर्न तथा निज गणपति झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत आफ्नी एकासगोलकी पत्नी मीनादेवी झा एवं एकासगोलका छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा राखेको देखिएको हुँदा निजहरुको नाममा रहेको सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र मीनादेवी झा, दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झालाई समेत प्रतिवादी कायम गरी आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/27
जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ७ स्थायी वतन भएका विप्लव पोख्रेलसमेत ३ जना उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/26
मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/25
जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/22
जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका दिपक थापाले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/19
मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/18