तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष पल्टु राना, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७९।०१।११ गते ।
----------------------------------------------------

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुले नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा समितिमा कार्यरत कर्मचारीहरुलाई मिति २०४९।०४।१२ मा नगर विकास समितिका तत्कालीन अध्यक्ष एवं कञ्चनपुर जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको नगर विकास समितिको बैठकको निर्णयलाई तोडमरोड र अपव्याख्या गरी मिति २०६९।०५।०६ मा समितिका तत्कालीन अध्यक्ष पल्टु रानाबाट टिप्पणी सदर गरी गराई समितिमा कार्यरत पुष्पराज भट्टसमेतका कर्मचारीहरुलाई गैरकानुनी रुपमा जग्गाको हक हस्तान्तरण गरेको देखिएकाले सो कार्यमा संलग्न निम्नबमोजिमका तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष, समितिमा कार्यरत कर्मचारीहरु र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालय, कन्चनपुर तथा नापी कार्यालय, कन्चनपुरका कर्मचारीहरुको हकमा देहायबमोजिमको कसुरमा देहायबमोजिमको सजाय मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश........

(नोट: थप जानकारीको लागि डाउलोडमा थिच्नुहोला)   

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10