लिखु तामाकोशी गाउँपालिका, रामेछापका अध्यक्ष गोबिन्द बहादुर खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने र टंक प्रसाद चौलागाई, लेखापालहरु तथा बिभिन्न उपभोक्ता समितिका अध्यक्षहरुसमेत २७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७८।१२।१७ गते ।
----------------------------------------------------
लिखु तामाकोशी गाउँपालिका, रामेछापका अध्यक्षसमेतको मिलेमतोमा उक्त गाउँपालिका वडा नं. ४ विजुलिकोट, वडा नं. ५ नागदह र वडा नं. १ दुरागाउँमा विद्युतीकरण गर्न विद्युतीय सामानहरु खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी आफू अनुकुलको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लिखु तामाकोशी गाउँपालिका, रामेछापबाट आ.व. २०७४।०७५ र ०७५।०७६ मा वडा नं. ५ (साविक नागदह गा.वि.स. वडा नं. १-५ र ६-९) तथा वडा नं. ४ (साविक विजुलीकोट) केन्द्रीय प्रसारण लाईनको वरपरका वस्तीहरु समेतमा विद्युतीकरण योजनाहरु कार्यान्वयन गर्दा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का, तल्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद न्यौपाने, टंक प्रसाद चौलागाई लेखापाल दुर्गा बहादुर डिम्दोङ तामाङ, विद्युतीकरण उपभोक्ता समिति, लिखु तामाकोशी, गा.पा.-५ (साविक नागदह गा.वि.स. १-५) का अध्यक्ष वेत बहादुर पुँवार, कोषाध्यक्ष ममीता श्रेष्ठ, सचिव सुब्बा थापामगर, विद्युतीकरण उपभोक्ता समिति, लिखु तामाकोशी, गा.पा.-५ (साविक नागदह गा.वि.स. ६-९) का अध्यक्ष सुन बहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार, सचिव दल बहादुर तामाङ र विद्युतीकरण उपभोक्ता समिति, लिखु गा.पा.-४, (साविक विजुलीकोट) का अध्यक्ष होम बहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्ली बहादुर सुनुवारको मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ पुर्याउने र सरकारी रकममा हानिनोक्सानी पुर्याउने बदनियतले कार्य अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरी/गराई शुरु विनियोजित रकमको जनसहभागिताको अंश र कन्टिन्जेन्सीको रकम समावेश नभएको लागत अनुमानहरु स्वीकृत गरी र अन्य विभिन्न शीर्षकको खर्चबाट गरिएको थप विद्युतीकरण कार्यको प्राविधिक लागत अनुमान विना फेज परिवर्तन गराई विना खरिद समिति ट्रान्सफर्मर, ACSR Conductor, पोल जस्ता विशेष महत्वपूर्ण सामग्रीहरु विना कुनै स्पेसिफिकेसन सोझै आपुर्तिकर्ताबाट दररेट पेश गर्न लगाई र सो बाहेकका अन्य सबै विद्युतीकरण सम्बन्धी सामाग्रीहरु सबै उपभोक्ता समितिहरुको लागि विभिन्न फर्महरुको नामबाट कोटेसन लिएको देखाई एउटै व्यक्तिबाट आवश्यक पर्ने भन्दा अस्वाभाविक रुपमा बढी सामानहरु खरिद ढुवानी गरी गराई त्यस मध्ये कतिपय सामानहरु हिनामिना समेत गरी केही सामानहरु अस्वभाविक रुपमा बढी मुल्य तिरी आवश्यक पर्ने भन्दा अस्वाभाविक रुपमा बढी खरिद गरी गराई सामान प्राप्ति, खर्च र बाँकीको अभिलेख नराखी उपभोक्ता समितिलाई जिम्मा दिईएको काम मध्येको पोल गाड्ने, तार तान्ने जडान समेतको श्रमिक कार्य ठेक्का दिई गर्नु नहुनेमा कानुन विपरीत पाईक कन्स्ट्रक्सन प्रा.लि. सँग सम्झौता गरी कार्य गराई श्रमिक खर्चमा समावेश भएको मुल्य अभिवृद्धि कर समेत उपभोक्ता समितिलाई भुक्तानी दिई/लिई उक्त प्रा.लि.का संचालक अमृत बहादुर तामाङसँगको मिलेमतोमा तार तान्ने ज्यालाको कामको फिल्डमा खुद गरेको काम भन्दा बढी काम गरेको देखाई योजना सम्झौताका शर्तहरु, गाउँ कार्यपालिकाको निर्णय र विद्यमान कानुन विपरीत प्राविधिक मूल्याङ्कन प्रतिवेदन, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन विना सामान खरिद ढुवानी र पोल तार जडानको श्रमिक कार्यका बिलहरु मात्रको आधारमा जनसहभागिताको अंश र कन्टिन्जेन्सीको रकम कट्टा नगरी लिखु तामाकोशी गाउँपालिका, रामेछाप वडा नं. ५ (साविक नागदह गा.वि.स. वडा नं. १-५ र ६-९) तथा वडा नं. ४ (साविक विजुलीकोट गा.वि.स.) को विद्युतीकरण कार्य गर्दा रु. १,२६,७५,५०३।६२ हिनामिना गरेको । क्रमश......
(थप जानकारीको लागि डोउनलोडमा थिच्नुहोला)
प्रवक्ता
श्याम प्रसाद भण्डारी
Tweet