मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जना उपर राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।२९ गते ।
----------------------------------------------------
 
     मालपोत कार्यालय, भरतपुर चितवनको आ.ब. २०७३/०७४ तथा २०७४/०७५ को आन्तरिक लेखापरीक्षण हुँदा विभिन्न फाँटबाट नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला हुन नसकेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय भरतपुर, चितवनमा तत्कालीन समयमा नायब सुब्बा पदमा कार्यरत मनोज कुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये रु.४,७१,६१८।- लेखा शाखामा नबुझाई खाई मासी हिनामिना गरेको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई दाखिला नगरी हिनामिना गरेको रु. ४,७१,६१८।– (चार लाख एकहत्तर हजार छ सय अठार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ७ बमोजिम जरिवानाको सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम हिनामिना भएको राजस्व रकमसमेत असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।
 
     त्यसैगरी, मालपोत कार्यालय, भरतपुर चितवनमा कार्यरत लेखापाल बलराम सापकोटाले बैंक दाखिला प्रयोजनार्थ विभिन्न मितिमा मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकम आफूले बुझि सो राजस्व रकममध्ये रु. ५८,४३,८०६।७५ सम्बन्धित बैंक खातामा दाखिला नगरी खाई मासी राजस्व हिनामिना गरेको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई दाखिला नगरी हिनामिना गरेको रु. ५८,४३,८०६।७५ (अन्ठाउन्न लाख त्रिचालीस हजार आठ सय छ पैसा पचहत्तर) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ७ बमोजिम जरिवानाको सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम हिनामिना भएको राजस्व रकम असुलउपर गरी जफत हुन समेत मागदाबी लिइएको छ ।
 
       साथै, मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत रिठ्ठे दर्जीले राजस्व रकम रु. ७,०८,१७,०३७।– सम्बन्धित बैंकमा दाखिला नगरी हिनामिना गरेको, सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरेको एवं दाखिला भौचरहरु बैंक दाखिलापश्चात सच्याई बदनियतपूर्ण ढंगले बढी दाखिला भएको देखिने गरी भौचर संलग्न गरे गराएको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिमको कसुर, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजले दाखिला नगरेको रु. ७,०८,१७,०३७।– (सात करोड आठ लाख सत्र हजार सैतीस रुपैंया) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद, सोही ऐनको दफा ७ बमोजिम जरिवानाको सजाय हुन र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निजले हिनामिना गरेको रकममध्ये आन्तरिक लेखापरीक्षका क्रममा रु. २,५८,०३,२३१।– दाखिला गरेको हुँदा बाँकी रहन आउने रकम रु. ४,५०,१३,८०६।– असुल उपर गरी जफत हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ११ बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21