भेरी अस्पताल, नेपालगंज, बाँकेका लेखा अधिकृत माधव प्रसाद आचार्यसमेत १५ जना उपर घुस/रिसवत दिई/लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०६।२२ गते।
-----------------------------------------
 
भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिगएको टोलीले निज कम्प्यूटर अपरेटर अरूण राज खनाललाई रू.१६,१३,९७५/- (सोह्र लाख तेह्र हजार नौ सय पचहत्तर) स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
 
अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगंजका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगंजमा आर्थिक बर्ष ०७६/०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा रु.१९,१३,०७०।–(उन्नाईस लाख तेह्र हजार सत्तरी) बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ६ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निज माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो रु.१९,१३,०७०।- (उन्नाईस लाख तेह्र हजार सत्तरी रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र बरामद नगद रु.१६,१३,९७५।- (सोह्र लाख तेह्र हजार नौ सय पचहतर), बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका रू.१,६६,५००।- (एक लाख छैसठ्ठी हजार) मूल्यका मोवाईल थान तीनसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन र अपुग बिगो रु.१,३२,५९५।–(एक लाख बत्तीस हजार पाँच सय पन्चानब्बे) सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिइएको छ ।
 
साथै भेरी अस्पताल नेपालगन्ज, बाँकेका कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीलाई निम्न संचालकहरुले घुस/रिसवत उपलब्ध गराएको देखिंदा देहायनुसारको कसूरमा सजाय हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
निम्न:
सि.नं. नामथर  कार्यालय बिगो रु.  कसुर तथा सजायको मागदाबी
संचालक/  व्यवस्थापन साहिद हुसैन हलवाई  नेपाल स्टोर नेपालगञ्ज  रु.२०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/व्यवस्थापन पुर्णिमा भण्डारी  श्री लुम्विनी स्टेसनरी नेपालगञ्ज रु.४५,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय मागदाबी लिइएको छ ।
 संचालक/ व्यवस्थापन दिपेन्द्र अग्रवाल श्री कमला ईन्टरनेशनल तथा कृष्णा ईन्टरनेशनल नेपालगंज  रु.३६,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/व्यवस्थापन राजेन्द्र कुमार सोनी  श्री हनुमत  स्टेसनरी एण्ड अडरसप्लायर्स नेपालगञ्ज  रु.९९,६००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन सुदिप रिजाल रिजाल  ईन्फोसिस बाँके खजुरा रु.६०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।

 संचालक/ व्यवस्थापन ईजामुद्दिन खाँ

रोशनी स्टिल फर्निचर उद्योग नेपालगञ्ज  रु.६०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन अब्दुल अली अन्सारी   रुवी ईलेक्ट्रिकल सप्लायर्स नेपालगञ्ज  रु.५६,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन पंकज कुमार श्रेष्ठ अम्बे फर्निसिङ्ग गार्डेन नेपालगञ्ज रु.६१,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन ज्ञान बहादुर वली बागेश्वरी विज्ञापन सेवा नेपालगञ्ज  रु. ९६,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
१० संचालक/ व्यवस्थापन कमालुद्दिन मुकेरी न्यु निजाम स्टोर नेपालगञ्ज  रु.१,६१,५००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदाबी लिइएको छ ।
११ संचालक/ व्यवस्थापन अबनिश कुमार अग्रवाल ओसियन ईन्टरनेश्नल तथा पश्चिमान्चल डिस्ट्रिब्यूटर नेपालगञ्ज रु.१,१८,६००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदाबी लिइएको छ ।
 
 
प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10