सडक विभागअन्तर्गत हाल मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङ्गमा कार्यरत सि.डि.ई. जितेन्द्र राज शाक्यउपर बिगो रु. २,२५,०४,०१०।७८ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२५ गते ।
-------------------------------------------------
 
           सडक विभागअन्तर्गत हाल मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङ्गमा कार्यरत सि.डि.ई. जितेन्द्र राज शाक्यसमेतको मिलेमतोमा १०५ वटा नक्कली कोटेशन बनाई पाँच करोडभन्दा बढी हिनामिना गरी अकूत सम्पत्ति आर्जन गरेकोले निजको सम्पत्तिसमेत छानबिन गराई पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जितेन्द्र राज शाक्यले सार्वजनिक सेवामा प्रवेश मिति २०३४।०४।०२ देखि मिति २०७६।०३।३१ सम्मको जाँच अवधिमा निजले वैध आय रू. १,५६,०६,४८०।०९ (अक्षरेपी एक करोड छपन्न लाख छ हजार चार सय असी रुपैया नौ पैसा मात्र) आर्जन गरेको देखिन आयो । 
सोही जाँच अवधिमा निजले विभिन्न शीर्षकहरुमा रु.३,८१,१०,४९०।८६ (अक्षेरूपी तीन करोड एकासी लाख दश हजार चार सय नब्बे रूपैया र छयासी पैसा मात्र) लगानी तथा खर्च गरेको देखिएकोले उक्त अवधिमा निजको आर्थिक गतिविधि रु.२,२५,०४,०१०।७८ (अक्षरेपी: दुई करोड पच्चीस लाख चार हजार दश रुपैया र अठ्हत्तर पैसा मात्र) बराबरको भाग (अर्थात ५९.०५%) स्रोत खुल्न आएन, स्रोत नखुलेको सम्पत्ति निजले गैरकानूनी रुपमा आर्जन गरेको स- प्रमाण पुष्टि हुन आएकोले जितेन्द्र राज शाक्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई विगो रु. २,२५,०४,०१०।७८ कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख  भएबमोजिम सोही ऐनको  दफा ३ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिनुका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम अपुग बिगो निजको चलअचल सम्पत्तिबाट जफत गरी कानूनबमोजिम असुल उपर गर्न मागदाबी लिइएको छ ।
 
साथै निज जितेन्द्र राज शाक्यले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती मिथिला शाक्यका नाममा जग्गा खरिद तथा बैंक वित्तीय संस्थाहरूमा नगद जम्मा, छोरीहरू ज्योत्सना शाक्य र उन्नती शाक्यको विदेश तथा स्वदेशमा अध्ययनमा खर्च, शेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दति खाता खोली रकम जम्मा गरेको एवं बैंकका बचत खाताहरुमा रकम मौज्दात रहे-भएकोले निज जितेन्द्र राज शाक्यले आर्जन गरेका स्रोत नखुलेका सम्पत्ति तथा खर्च लगानीहरुमा स्रोत नखुलेका बराबरका भाग जफत गर्नुपर्ने भएकोले निज जितेन्द्र राज शाक्यले खरिद गरी राखेका स्रोत नखुलेका सम्पत्ति घर जग्गाहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका शेयरहरु र बैंक मौज्दातहरु निज जितेन्द्र राज शाक्य लगायत श्रीमती मिथिला शाक्य नाममा कायम रहेको देखिंदा सम्पत्तिहरुसमेतबाट असुल तथा आर्जित सम्पत्ति एवं खर्च लगानीहरुका स्रोत नखुलेको बराबरको भाग जफत गर्नुपर्ने भएकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम निज जितेन्द्र राज शाक्यको श्रीमती मिथिला शाक्यलाई सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्र बहादुर डाँगीसमेत ५ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/13
जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/12
सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश, नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/12
नेपाल विद्युत प्राधिकरण, बितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दास उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/11
प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/08
बैदेशिक रोजगार बिभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेम बहादुर मस्राङ्गी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/08