खानेपानी तथा ढल ब्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायउपर बिगो रु. ३,१०,२७,१५३।– कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२३ गते ।
-------------------------------------------------

खानेपानी तथा ढल ब्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायले गैरकानूनी सम्पत्ति आर्जन गरी हैसियत भन्दा वढी अस्वाभाविक उच्चजीवन यापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरीउपरको अनुसन्धानमा निज सामुदायिक खानेपानी तथा सरसफाई इकाई कार्यालय डडेल्धुरामा रा.प.तृतिय श्रेणी इन्जिनियरको पदमा मिति २०६३।०९।०५ मा स्थायी नियुक्ति प्राप्त गरी मितिम २०६९।१२।१५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा पश्चात विभिन्न कार्यालयहरु हुँदै हाल संघीय खानेपानी तथा ढल व्यवस्थापन दरबन्दी भई क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत रहेको देखियो । 

अनुसन्धानमा लिइएको जाँचअवधि सार्वजनिक सेवामा प्रवेश मिति २० ६३।०९।०५ देखि २०७७ जेष्ठ मसान्तसम्मको अवधिमा निज पूर्ण प्रसाद उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित भत्तालगायत पारिश्रमिक आय, श्रीमती दुर्गा खनाल रिमालको पारीश्रमिक आय, जग्गा भाडा, कर्मचारी संचयकोष कर्जा, ब्यक्तिगत सापटी, शेयर नगद लाभांश, पैतृक जग्गा बिक्रीबाट प्राप्त आय, र निजको आयले खामेका बैंक मुद्दती खातामा रहेको निक्षेप परिपक्व पश्चात फिर्ता प्राप्त रकमसमेत गरी अनुसन्धानमा लिएको जाँचअवधिमा निज पूर्ण प्रसाद उपाध्यायले जम्मा रु.१, ९१,१६,२९८।- आय आर्जन गरेको देखिन्छ । 

 सोही जाँच अवधिमा निजले जग्गा खरिद, घर निर्माण, विद्युतिय उपकरण खरिद, जीवन बीमा प्रिमियम शुल्क, सापटी रकम, शेयर तथा डिभेञ्चरहरु खरिद, विभिन्न बैंकहरुमा विभिन्न मितिहरुमा मुद्दती निक्षेप जम्मा, शैक्षिक खर्च, सुनचाँदी खरिद, साथमा रहेको नगद र निज तथा निजको श्रीमती दुर्गा खनाल रिमालको नाममा विभिन्न बैंक खाताहरुमा अन्तिम मौज्दातसमेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निज पूर्ण प्रसाद उपाध्यायले रु. ५,०१,४३,४५१।-  खर्च तथा लगानी गरेको पाइएकोले निजको वैध आय रु. १,९१,१६,२९८।- को अनुपातमा आयभन्दा बढी गरेको खर्च रु. ३,१०,२७,१५३।- बराबरको भागको सम्पत्तिको स्रोत खुल्न नआएको पाइएकोले निज पूर्ण प्रसाद उपाध्यायले भ्रष्टाचार निवारण ऐन¸  २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज पूर्ण प्रसाद उपाध्यायलाई बिगो रु. ३,१०,२७,१५३।- (तीन करोड दश लाख सत्ताइस हजार एक सय त्रिपन्न रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय माग गरी निज र गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरुसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाईसमेत प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26