खानेपानी तथा ढल ब्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायउपर बिगो रु. ३,१०,२७,१५३।– कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२३ गते ।
-------------------------------------------------

खानेपानी तथा ढल ब्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायले गैरकानूनी सम्पत्ति आर्जन गरी हैसियत भन्दा वढी अस्वाभाविक उच्चजीवन यापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरीउपरको अनुसन्धानमा निज सामुदायिक खानेपानी तथा सरसफाई इकाई कार्यालय डडेल्धुरामा रा.प.तृतिय श्रेणी इन्जिनियरको पदमा मिति २०६३।०९।०५ मा स्थायी नियुक्ति प्राप्त गरी मितिम २०६९।१२।१५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा पश्चात विभिन्न कार्यालयहरु हुँदै हाल संघीय खानेपानी तथा ढल व्यवस्थापन दरबन्दी भई क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत रहेको देखियो । 

अनुसन्धानमा लिइएको जाँचअवधि सार्वजनिक सेवामा प्रवेश मिति २० ६३।०९।०५ देखि २०७७ जेष्ठ मसान्तसम्मको अवधिमा निज पूर्ण प्रसाद उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित भत्तालगायत पारिश्रमिक आय, श्रीमती दुर्गा खनाल रिमालको पारीश्रमिक आय, जग्गा भाडा, कर्मचारी संचयकोष कर्जा, ब्यक्तिगत सापटी, शेयर नगद लाभांश, पैतृक जग्गा बिक्रीबाट प्राप्त आय, र निजको आयले खामेका बैंक मुद्दती खातामा रहेको निक्षेप परिपक्व पश्चात फिर्ता प्राप्त रकमसमेत गरी अनुसन्धानमा लिएको जाँचअवधिमा निज पूर्ण प्रसाद उपाध्यायले जम्मा रु.१, ९१,१६,२९८।- आय आर्जन गरेको देखिन्छ । 

 सोही जाँच अवधिमा निजले जग्गा खरिद, घर निर्माण, विद्युतिय उपकरण खरिद, जीवन बीमा प्रिमियम शुल्क, सापटी रकम, शेयर तथा डिभेञ्चरहरु खरिद, विभिन्न बैंकहरुमा विभिन्न मितिहरुमा मुद्दती निक्षेप जम्मा, शैक्षिक खर्च, सुनचाँदी खरिद, साथमा रहेको नगद र निज तथा निजको श्रीमती दुर्गा खनाल रिमालको नाममा विभिन्न बैंक खाताहरुमा अन्तिम मौज्दातसमेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निज पूर्ण प्रसाद उपाध्यायले रु. ५,०१,४३,४५१।-  खर्च तथा लगानी गरेको पाइएकोले निजको वैध आय रु. १,९१,१६,२९८।- को अनुपातमा आयभन्दा बढी गरेको खर्च रु. ३,१०,२७,१५३।- बराबरको भागको सम्पत्तिको स्रोत खुल्न नआएको पाइएकोले निज पूर्ण प्रसाद उपाध्यायले भ्रष्टाचार निवारण ऐन¸  २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज पूर्ण प्रसाद उपाध्यायलाई बिगो रु. ३,१०,२७,१५३।- (तीन करोड दश लाख सत्ताइस हजार एक सय त्रिपन्न रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय माग गरी निज र गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरुसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाईसमेत प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22