सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यउपर बिगो रु. ३,२१,६२,४८०।– कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१९ गते ।
-------------------------------------------------
 
सडक विभाग अन्तर्गतका इन्जिनियर भरतराज आचार्यले सडक विभाग अन्तर्गत बसी गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्चजीवनयापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरीउपरको अनुसन्धानमा निज नेपाल सरकारको सरकारी सेवा अन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव-ओभरसियर पदमा मिति २०४१/०६/१२ मा अस्थायी नियुक्तिमा सेवा प्रवेश गरी मिति २०४३/०३/२१ मा ओभरसियर पदमा स्थायी नियुक्ति पश्चात् विभिन्न कार्यालयहरुमा कार्यरत रहँदै मिति २०६४/१०/०१ मा इन्जिनियरमा पदोन्नति भएका निज डिभिजन सडक कार्यालय चरिकोट, दोलखा हुँदै हाल सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत रहेको देखियो ।

सार्वजनिक सेवामा प्रवेश पश्चात निज भरतराज आचार्यले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै स्रोत नखुलेको रकमहरुसमेत अस्वभाविक मात्रामा बैकिङ कारोवार तथा विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी शेयर लगानी लगायतका आफु अनुकूल लगानी खर्च गर्ने गरेको देखिन आयो ।

अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार निज भरतराज आचार्यले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ जेठ मसान्तसम्मको जाँचअवधिमा सार्वजनिक सेवामा रही जम्मा रु. २,०७,७९,९८६।–(दुई करोड सात लाख उनासी हजार नौ सय छयासी रुपैयाँ) आय आर्जन गरेको देखिन्छ भने अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी खर्चमा निज भरतराज आचार्यले रु. ५,२९,४२,४६६।– (पाँच करोड उन्तीस लाख वयालीस हजार चार सय छैसठ्ठी रुपैयाँ) खर्च तथा लगानी गरेको देखिंदा निजको आयको अनुपातमा रु. ३,२१,६२,४८०।– (तीन करोड एक्काइस लाख बयसठ्ठी हजार चार सय असी रुपैयाँ) बराबरको भागलाई निजको वैध आयस्रोतले खामेको पाइएन।

साथै, सार्वजनिक पद धारण गरेका भरतराज आचार्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज भरतराज आचार्यलाई बिगो रु. ३,२१,६२,४८०।– (तीन करोड एक्काइस लाख बयसठ्ठी हजार चार सय असी रुपैयाँ) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानुनी रुपमा निज भरतराज आचार्यले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरु निजले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उक्त स्रोत नखुलेका सम्पत्तिहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती रितादेवी आचार्यसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22