नेपाल बिद्युत प्राधिकरणको फोरमेनबाट अवकाश प्राप्त टहल बहादुर कार्कीउपर बिगो रु. १,०९,८७,६५८।- कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१६ गते ।
--------------------------------------------

नेपाल बिद्युत प्राधिकरणको फोरमेन पदबाट अवकाश पाएका टहल बहादुर कार्कीले निज पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको यस आयोगमा पर्न आएको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा निज टहल बहादुर कार्कीले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३९।०८।१६ देखि अवकाश भएको मिति २०७३।०९।०१ सम्मको अबधिको निजको आय व्ययको विश्लेषण गर्दा जम्मा रु. २,१२,४८,४७२।- आय आर्जन गरेको देखिन्छ भने यसै अवधिमा निजले जम्मा रू. ३,२२,३६,१३०।- खर्च तथा लगानी गरेको देखियो ।

निजको कुल आय आर्जन रु. २,१२,४८,४७२।- बाट कुल खर्च तथा लगानी रू. ३,२२,३६,१३०।- घटाउदा हुन आउने रु. १,०९,८७,६५८।- (एक करोड नौ लाख सतासी हजार छ सय अन्ठाउन्न रुपैयाँ) बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएकोले निजले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी उच्चस्तरको जीवनयापन गरेको देखिंदा निजले साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एबं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएको हुँदा निज टहल बहादुर कार्कीलार्इ बिगो रु. १,०९,८७,६५८।- (एक करोड नौ लाख सतासी हजार छ सय अन्ठाउन्न रुपैयाँ) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ र  प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२ )  बमोजिम सजाय गरी साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३, दफा १६ग., दफा २९ को उपदफा (१) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो रु. १,०९,८७,६५८।- (एक करोड नौ लाख सतासी हजार छ सय अन्ठाउन्न रुपैयाँ) जफतको लागि मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22