मालपोत कार्यालय सिमरा, बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुरउपर बिगो रु. ३,०४,९४,३०८।- कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१५ गते ।
------------------------------------------------------
 
मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगल किशोर ठाकुरले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने आयोगमा दर्ता हुन आएका उजुरीउपरको अनुसन्धानमा निज मिति २०६८।१०।०९ मा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रा.प.अनं.द्धितिय श्रेणी सहलेखापालको पदमा नियुक्ति प्राप्त गरी सेवामा प्रवेश गरेकोमा निज मिति २०७२।०१।२२ मा लेखापालको पदमा बढुवा भई मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा मालपोत कार्यालयमा उठेका राजस्व रकमहरु निजहरुको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको र कार्यालयको खातामा दाखिला गरिनु पर्ने राजस्व रकमलाई समेत आफु अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने गरी निजले र तत्कालिन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा खाता नं. १२३०००१९१८१० मिति २०७५।०५।०७ मा खोलिएको व्यक्तिगत खातामा जम्मा गरेको पाइयो । 

निज युगल किशोर ठाकुरले सार्वजनिक सेवामा प्रवेश पश्चातको अनुसन्धान जाँचअवधि २०७६ बैशाख मसान्तसम्ममा पारिश्रमिक वचत आय रु.१०,८०,७०८।– बाहेकका अन्य आयहरुको दाबी र दाबी पुष्टिका कागजातहरुसमेत निजले पेश गरी पुष्टि गर्न सकेको पाइएन भने सोही जाँचअवधिमा निज युगल किशोर ठाकुरले श्रीमती शोभा कुमारीको नाममा दर्ता कायम रहने गरी बारा जिल्ला बधवन गा.पा. ५ स्थित कि.नं. ६८ क्षे.फ. ०-७-१० विगहा जग्गा मिति २०७३।१।३० मा रु.३,००,०००।-  खरिद, निज युगल किशोर ठाकुर र मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा संचालित खाता नं. १२३०००१९१८१० को व्यक्तिगत खातामा देखिएको मौज्दात रकम रु.२,७६,४४,००१।–, निज तथा निज युगल किशोर ठाकुरको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेभएका बैंक खाताहरुमा देखिएका मौज्दात रु.११,३९,०१५।- र मिति २०७५।१२।११ मा निजको घरकोठाबाट बरामद भएको नगद रु. २४,९२,०००।– समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी एवं बैंक मौज्दातमा निजले रु.३,१५,७५,०१६।- (तीन करोड पन्ध्र लाख पचहत्तर हजार सोह्र रुपैयाँ) खर्च तथा लगानी गरेको पाइएको छ।

निज युगल किशोर ठाकुरले सार्वजनिक सेवाको पदमा प्रवेश देखि २०७६ वैशाख मसान्तसम्मको जाँच अवधिमा निजले रु.३,१५,७५,०१६।– बराबरको सम्पति सिर्जनामा खर्च लगानी गरेको देखिंदा आयभन्दा बढी गरेको खर्च लगानीको स्रोत खुल्न नआई रु. ३,०४,९४,३०८।-  बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको देखिंदा निज युगल किशोर ठाकुरलाई बिगो रु. ३,०४,९४,३०८।- (तीन करोड चार लाख चौरानब्बे हजार तीन सय आठ रुपैयाँ) कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) कसुरमा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुलेको साथबाट बरामद नगद रु.२४,९२,०००।– र निज समेतको व्यक्तिगत संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा संचालित खाता नं. १२३०००१९१८१० मा देखिएको मौज्दात रकम रु.२,७६,४४,००१।–समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्न मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22