नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्ले उपर बिगो रु. ५,४३,२७,०९९।९९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२७ गते। 
-------------------------------------------------------------


नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्नेसमेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज राजेन्द्र काफ्ले अमिन पदबाट सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४।०९।०१  देखि २०७६।०१।३० सम्मको अवधिमा निजले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशिला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्यून रकम देखाई जग्गाधनीहरुलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताहरुको बयान र भुक्तानी भएका चेक तथा बैंक स्टेट्मेन्टबाट पुष्टि हुन आएकोले निजको वैद्य आय रु. १,७४,१४,०५०।८४ को तुलनामा सोही अवधिमा निजले गरेको कुल ब्यय रु.७,१७,४१,१५०।८३ घटाउँदा हुन आउने रु. ५,४३,२७,०९९।९९ (अक्षेरुपी पाँच करोड त्रिचालीस लाख सत्ताईस हजार उनान्सय रुपैयाँ र उनान्सय पैसा मात्र) बराबरको ब्यय तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको देखिँदा निज राजेन्द्र काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएकोले निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुँदा निज राजेन्द्र काफ्लेलाई बिगो रु.५,४३,२७,०९९।९९ (अक्षेरुपी पाँच करोड त्रिचालीस लाख सत्ताईस हजार उनान्सय रुपैयाँ र उनान्सय पैसा मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगोबाट खरिद गरी निज राजेन्द्र काफ्ले र निजकी एकासगोलकी श्रीमती सुशिला काफ्लेको नाममा राखेको चलअचल सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति कानून बमोजिम हुन आउने व्याजसमेत आरोपीको नाममा रहेको जग्गा जमिन तथा बैंक मौज्दातबाट असुल उपर गरी जफत गर्न मागदाबी लिने र निज राजेन्द्र काफ्लेले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती सुशिला काफ्लेको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम निज सुशिला काफ्लेबाट जफत गर्ने प्रयोजनको लागि मात्र निज सुशिला काफ्लेलाई समेत प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

 

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11