साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसमेत ६ जनाउपर बिगो रु. २,०२,७३,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२० गते ।
-------------------------------------------------
 
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासी र सुनौला खिम्ती-अजम्वर-शिवराम जे.भी. चरिकोट, दोलखा बीच जलुके/विजयनगर खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता तथा मोविलाइजेशन पेश्की लिने प्रयोजनको लागि राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धुलिखेलबाट जारी गरिएको रकमको कार्यसम्पादन जमानत र रु. १,५८,००,०००।– को अग्रिम रकम भुक्तानी बैक जमानत (APG) नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सुनौला खिम्ती-अजम्बर-शिवराम जे.भी. का जेभी पार्टनरहरु शिवजी सापकोटा, वैकुण्ठ प्रसाद भण्डारी, धर्मराज भण्डारी र रा.वा. बैंक शाखा कार्यालयका शाखा प्रवन्धक राजु प्रसाद ढकालसमेतको मिलेमतोमा नक्कली तथा झुठ्ठा बैंक कार्यसम्पादन जमानत र अग्रिम रकम भुक्तानी बैंक जमानतका आधारमा ठेक्काको सम्झौता र मोविलाइजेशन पेश्की दिई/लिई रकम हिनामिना गरेको प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुका हकमा देहायबमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखा अधिकृत ध्रुवराज गौतमको हकमा:- निजहरुले निर्माण कम्पनीका प्रतिनिधि तथा संचालकहरुसँग मिलेमतो गरी सरकारी रकम हानिनोक्सानी पुर्‍याउने र आफूले लाभ लिने उद्देश्यले नक्कली बैंक ग्यारेण्टीको आधारमा ठेक्काको सम्झौता र मोविलाइजेशन रकम भुक्तानी दिई सरकारी सम्पत्तिको बदनियतसाथ हिनामिना, हानिनोक्सानी गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुँदा निजहरु रामचन्द्र काफ्ले र ध्रुवराज गौतमलाई बिगो रु. २,०२,७३,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रकमसमेत निजहरुबाट असुर उपर हुन मागदाबी लिइएको छ ।
ख. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय, धुलिखेलका तत्कालीन बैंक प्रबन्धक राजु प्रसाद ढकालको हकमा:- निजले निर्माण कम्पनीका प्रतिनिधि एवं संचालकहरुसँग मिलेमतो गरी सरकारी हानिनोक्सानी पुर्‍याउने र आफूले लाभ लिने उद्देश्यले नक्कली बैंक ग्यारेण्टी बनाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ र दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज राजु प्रसाद ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजायका साथै बिगो रु. २,०२,७३,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी हानिनोक्सानी भएको बिगो रकम सोही दफा १७ बमोजिम निजबाट असुल उपर हुनसमेत मागदाबी लिइएको छ ।
ग. सुनौला खिम्ती-अजम्वर-शिवराम जे.भी. पार्टनरहरु शिवराम कन्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्वर निर्माण सेवाका प्रोपाइटर बैकुण्ठ प्रसाद भण्डारी र सुनौला खिम्ती कन्सट्रक्सनका प्रबन्ध निर्देशक धर्मराज भण्डारीको हकमा:- निजहरुले कार्यालयमा नक्कली बैंक ग्यारेण्टी पेश गरी आफ्ना प्रतिनिधिमार्फत ठेक्काको सम्झौता र मोविलाइजेशन पेश्की भुक्तानी लिई ठेक्काको म्याद थपसमेतको कार्य गरी निजहरुले आफूलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतले झुठ्ठा नक्कली बैंक जमानतहरु पेश गरी आयोजनाको निर्माण कार्यमा संलग्न भई भुक्तानी र ठेक्काको अन्तिम भुक्तानीसमेत लिएको देखिंदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) द्वारा परिभाषित कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा बिगो रु. २,०२,७३,०००।– कायम गरी निजहरुलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय गरी हानिनोक्सानी भएको बिगो रकम असुर उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22