जिल्ला हुलाक कार्यालय बझाङ्गका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायब सुब्बा शिवराज उपाध्याय उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१२ गते ।
-------------------------------------------------

जिल्ला हुलाक कार्यालय बझाङ्गका कर्मचारीहरुले हुलाक वचत बैंकको रकम हिनामिना र हानिनोक्सानी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला हुलाक कार्यालय बझाङ्गका निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत रहेका रणबहादुर कडायत र सोही कार्यालयमा खरिदार पदमा कार्यरत रही हाल सुर्मा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बझाङ्गमा नायब सुब्बा पदमा कार्यरत शिवराज उपाध्यायले सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत लापरवाही एवं बदनियतपूर्ण रुपमा सार्वजनिक कोषको दुरुपयोग गरी मासेको एवं निजी प्रयोगमा लगाएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको हुँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले निजहरु रणबहादुर कडायतलाई बिगो रु. २,९४,८९,९७१।६२ (दुई करोड चौरानब्बे लाख उनानब्बे हजार नौ सय एकहत्तर रुपैयाँ बैसट्ठी पैसा) र शिवराज उपाध्यायलाई रु. २,००,२४,८६९।८२ (दुई करोड चौबीस हजार आठ सय उनानसत्तरी रुपैयाँ बयासी पैसा) बिगो कायम गरी दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम जरिवाना र कैद सजाय हुनका साथै रणबहादुर कडायत र शिवराज उपाध्यायले हानिनोक्सानी गरी दुरुपयोग गरेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22