जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेसहित १३ जनाउपर बिगो रु. १,५२,१९,३२६।७६ कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२७ गते ।
-------------------------------------------
 
जिल्ला वन कार्यालय हेटौडासमेतले गैर-कानूनीरुपमा काठ कटान गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्ने उजुरी/निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन गढी ईलाका वन कार्यालय, मकवानपुर, सेक्टर वन कार्यालय मकवानपुर, जिल्ला वन कार्यालय मकवानपुर, क्षेत्रीय वन निर्देशनालय हेटौडासमेतका कर्मचारीहरु र सेतीदेवी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णय विपरीत उक्त वनका हरिया साल तथा अस्ना जातका रुखहरुको हुन आउने परिमाण ९१७८।०९ क्यू.फिट काटि बिक्री वितरण गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको पाइएको हुँदा देहायका व्यक्तिहरुको हकमा देहाय बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
देहाय
सि.नं.  पद, नामथर कार्यालय बिगो रु. कसुर र मागदाबी
 तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने जिल्ला बन कार्यालय मकवानपुर १,५२,१९,३२६।७६ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को समेत कसुर गरेको हुँदा निजलाई सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) एवं सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमसमेत सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ।
तत्कालीन सहायक वन अधिकृत रामवावु यादव ईलाका वन कार्यालय गढी मकवानपुर १,५२,१९,३२६।७६    ”
 तत्कालीन सहायक वन अधिकृत हाल अवकाशप्राप्त राजेन्द्रमान राजभण्डारी सेक्टर वन कार्यालय फापरवारी, मकवानपुर १,५२,१९,३२६।७६
 तत्कालीन सहायक वन अधिकृत बिशाल भट्टराई जिल्ला वन कार्यालय मकवानपुर १,५२,१९,३२६।७६  ”
तत्कालीन सहायक वन अधिकृत सोनालालप्रसाद जयसवाल १,५२,१९,३२६।७६
 तत्कालीन सहायक वन अधिकृत नारायण वहादुर कार्की क्षेत्रीय वन निर्देशनालय, हेटौंडा १,५२,१९,३२६।७६
तत्कालीन रेन्जर राजु लामा १,५२,१९,३२६।७६
तत्कालीन फरेष्टर मोहनराज घिमिरे गढी ईलाका वन कार्यलय, मकवानपुर १,५२,१९,३२६।७६  ”
 तत्कालीन बन रक्षक किरणकुमार क्षेत्री  १,५२,१९,३२६।७६
१०  तत्कालीन बन रक्षक धनलाल यादव १,५२,१९,३२६।७६
११ अध्यक्ष कमानसिंह न्यासुर सेतीदेवी सामुदायिक वन उपभोक्ता समूह १,५२,१९,३२६।७६ निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रकम सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम असुलउपर गरी जफत हुन मागदाबी लिइएको छ ।
१२ सचिव हरिमाया मोक्तान  ” १,५२,१९,३२६।७६  ”
१३ कोषाध्यक्ष रेजिना गोले  ” १,५२,१९,३२६।७६  ”
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22