जिल्ला काठमाडौँ, टोखा नगरपालिकामा रहेका आगमन फुडल्यान्ड एण्ड गेष्टहाउसका संचालिका सोममाया राई उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१३ गते ।
--------------------------------------------

जिल्ला काठमाडौँ, टोखा नगरपालिका, वडा नं. ५ मा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्टहाउस चेकजाँच गर्ने क्रममा डिउटीमा खटिएका प्रहरीलाई होटल संचालिका सोममाया राईले घुस/रिसवत दिन खोजेकोमा आवश्यक कारबाही गरीपाउँ भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा महानगरीय प्रहरी वृत, महाराजगञ्ज, काठमाडौँबाट खटिएको टोलीलाई आगमन फुडल्यान्ड तथा गेष्टहाउस संचालिका सोममाया राईले गेष्टहाउस चेकजाँच नगरिदिनहुन भनी रू.५०,०००/- घुस/रिसवत दिएको अवस्थामा निजबाट उक्त रकम बरामद भएको अनुसन्धानबाट खुल्न आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई बिगो रु.५०,०००/-(अक्षरुपी पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय गरी बरामद भएको उक्त रकम सोही ऐनको दफा ३ को उपदफा (१)  बमोजिम जफत हुन समेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22