जिल्ला काठमाडौँ, टोखा नगरपालिकामा रहेका आगमन फुडल्यान्ड एण्ड गेष्टहाउसका संचालिका सोममाया राई उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१३ गते ।
--------------------------------------------

जिल्ला काठमाडौँ, टोखा नगरपालिका, वडा नं. ५ मा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्टहाउस चेकजाँच गर्ने क्रममा डिउटीमा खटिएका प्रहरीलाई होटल संचालिका सोममाया राईले घुस/रिसवत दिन खोजेकोमा आवश्यक कारबाही गरीपाउँ भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा महानगरीय प्रहरी वृत, महाराजगञ्ज, काठमाडौँबाट खटिएको टोलीलाई आगमन फुडल्यान्ड तथा गेष्टहाउस संचालिका सोममाया राईले गेष्टहाउस चेकजाँच नगरिदिनहुन भनी रू.५०,०००/- घुस/रिसवत दिएको अवस्थामा निजबाट उक्त रकम बरामद भएको अनुसन्धानबाट खुल्न आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई बिगो रु.५०,०००/-(अक्षरुपी पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय गरी बरामद भएको उक्त रकम सोही ऐनको दफा ३ को उपदफा (१)  बमोजिम जफत हुन समेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26