गैरकानूनी सम्पत्ति आर्जन गरेको कसुरमा मालपोत कार्यालय कलैया दरबन्दी भई मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासहित ९ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१० गते ।
--------------------------------------------

मालपोत कार्यालय कलैया दरबन्दी भई मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकोले कारवाही गरी पाउँ भनी आयोगमा दर्ता हुन आएको उजुरीउपरको अनुसन्धानमा निज मदनप्रसाद गुप्ता मिति २०४७।३।२७ मा मालपोत कार्यालय मुस्ताङ्गबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुख समेतको जिम्मेवारीमा कार्यरत निजको सार्वजनिक सेवा प्रवेश देखि आ.व. २०७५।०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर अनुसन्धान गरी हेर्दा निजको तलव पारिश्रमिक बचत आय/घर जग्गा विक्री/विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा/छोरा रकि गुप्ताको आय/घर बहाल आय समेत गरी रु. ४¸५४¸७२¸२४६।- (चार करोड चौवन्न लाख वहत्तर हजार दुई सय छयालिस) वैध आय आर्जन भए गरेको देखिन्छ । 
अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरुबाट निजले आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य व्यक्तिहरु समेतका नाममा दर्ता कायम रहने गरी घर/जग्गा/सवारी साधन/व्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा खर्च लगानी गरेको पाइयो । 
निज मदनप्रसाद गुप्ताले परिवारका सदस्यहरुका नाममा घरखरिद तथा निर्माणमा रु. ४¸०८¸५१¸०००।-¸ परिवारका सदस्यहरुका नाममा जग्गा खरिदमा रु. ९०¸१४¸१००।-¸ बैंक तथा वित्तीय संस्थाहरुबाट लिइएका कर्जा र कर्जा चुक्ता समेतमा रु. ३¸२७¸४५¸०१२।-¸ पुँजीगत लगायतका कर शिर्षकमा रु. ९¸७०¸२६०।-, सवारी साधन खरिदमा रु. २७¸६२¸५००।-¸ पार्वती स्टेशनरी/गायत्री निशान अटो कर्प प्रा.लि./नेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायहरुमा रु. ७१¸००¸०००।-¸ सापटी दिएको रु. ४३¸००¸००५।-¸  पारिवारिक लालन पालन लगायतका अतिरिक्त खर्च/शैक्षिक खर्च/सुन चाँदी खरिद/विद्युतीय उपकरण/छोरा विक्कि गुप्ताको विवाह लगायतमा रु. ६१¸००¸०००।– यसैगरी परिवारका सदस्यहरु बाहेकका अन्य व्यक्तिहरु कविता कुमारी/राजेश कुमार गुप्ता / इन्दिरा देवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गाहरुमा रु. ५¸२७¸८९¸५००।-¸ परिवारको सदस्य बाहेकका अन्य व्यक्ति निरज कुमार गुप्ताको नाममा सवारी साधन जिप खरिदमा रु. ४०¸००¸०००।-¸ परिवारको सदस्य बाहेकका व्यक्ति राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स (पेट्रोल पम्प) मा लगानीमा रु. ४०¸००¸०००।- र निज नायव सुब्बा मदनप्रसाद गुप्ता र संलग्न अन्य समेतका नाममा संचालित विभिन्न बैंक खाताहरुमा देखिएको मौज्दात रु. २¸८५¸२८¸८९२।- समेत गरी जम्मा रु. १९¸३६¸६१¸१६९।- (उन्नाइस करोड छत्तीस लाख एकसठ्ठी हजार एक सय उनान्सत्तरी) खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय रु. ४¸५४¸७२¸२४६।- (चार करोड चौवन्न लाख बहत्तर हजार दुई सय छयालीस) को तुलनामा रु. १४¸८१¸८९¸०२३।– (चौध करोड एकासी लाख उनानब्बे हजार तेइस) बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको रु. १४¸८१¸८९¸०२३।–निजले राष्ट्र सेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको श्रोत पुष्टी गर्न नसकेबाट गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज मदनप्रसाद गुप्ता उपर विगो रु. १४¸८१¸८९¸०२३।–कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरिवाना र कैद सजायको साथै निजले श्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रुपमा आर्जन गरेको आफ्नो र परिवार तथा आफन्तका नाममा राखेको सम्पत्तिको विगो रु. १४¸८१¸८९¸०२३।–साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ (ग)¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ (ख) बमोजिम जफतसमेत गर्ने प्रयोजनको लागि निज मदनप्रसाद गुप्ता लगायत निजकी श्रीमती रिता देवी¸ छोराहरु विक्कि गुप्ता र रकि गुप्ता¸ अन्य व्यक्तिहरु कविता कुमारी¸ निरजकुमार गुप्ता¸ राजेशकुमार गुप्ता¸ जुगुली प्रसाद र जगतनारायण यादव समेतलाई आज सम्मानित विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22