कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिरञ्जिवी थापा र निजकी श्रीमती गोमा कट्टेल थापा बिरुद्ध आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०१ गते ।
------------------------------------------

कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिरञ्जिवी थापाले सार्वजनिक सेवाको पदमा रही गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरेकोले छानविन तथा अनुसन्धान गरी कारवाही हुन भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा चिरञ्जिवी थापाले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४५।०२।०४ गतेदेखि आ.व. २०७५/०७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा निजले सोही अवधिमा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको खर्च व्यय घटाउँदा सम्पत्तिको स्रोत खुल्न नआएबाट स्रोत खुल्न नआएको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको हुँदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा निज चिरञ्जिवी थापा उपर विगो रु. १,१३,६०,४१०।९५ (एक करोड तेह्र लाख साठी हजार चार सय दस रुपैयाँ पन्चानब्बे पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) अनुसार विगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं स्रोत नखुलेको सम्पत्ति तथा लगानी खर्चहरु बराबरको स्रोत खुलाउन नसकेको हुँदा स्रोत खुल्न नआएको सम्पत्ति तथा लगानी खर्च विगो रु. १,१३,६०,४१०।९५ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदावी लिइएको छ।
साथै, निज चिरञ्जिवी थापाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत परिवारका सदस्यहरु श्रीमती गोमा कट्टेल थापासमेतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेकोले स्रोत नखुलेको अचल सम्पत्ति श्रीमती गोमा कट्टेल थापाको नाममा रहे भएको पाइएकोले सो स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम श्रीमती गोमा कट्टेल थापासमेतलाई प्रतिवादी बनाई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11