जिल्ला बन कार्यालय, बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७८।०५।०८ गते।
------------------------------------------
तत्कालीन जिल्ला वन कार्यालय, बारामा आ.व. २०७३/०७४ मा बाँसको कलमी विरुवा उत्पादन वा खरिद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरिद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका विउ खरिद गरी छर्ने समेतको कार्य गर्नको लागि लिएको पेश्की रकम हिनामिना गरेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला वन कार्यालय, बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि, बाँसको कलमी बिरुवा उत्पादन वा खरिद तथा सदुपयोगको लागि र नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका बिउ खरिद गरी छर्नको लागि बढी मूल्यमा महंगोमा खरिद गरी रकम हिनामिना एवं हानिनोक्सानी भएको देखिएकोले देहायका पदाधिकारीहरुलाई देहायबमोजिम सजाय मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
| सि.नं. | नामथर | कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
| १ | तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे | जिल्ला वन कार्यालय, बारा | रु.४,९०,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय गरी भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम बिगो रकम निजबाट असुल हुन समेत मागदाबी लिइएको छ । |
| २ | तत्कालीन सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल | ऐ.ऐ. | रु.४,९०,०००।- | भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय माग गरी भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम बिगो रकम निजबाट असुल हुन समेत मागदाबी लिइएको छ । |
| ३ | तत्कालीन सहायक वन अधिकृत दिनेश प्रसाद जायसवाल | ऐ.ऐ. | रु.३,९०,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय गरी भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम बिगो रकम निजबाट असुल हुनसमेत मागदाबी लिइएको छ । |
प्रवक्ता
नारायण प्रसाद रिसाल
Download