प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्प, नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्की उपर बिगो रु. १,०३,९७,९३७।५४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०४।३१ गते।
------------------------------------------
प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्प, नक्सालमा ग्राहक नं. M019 नम्बरसमेतको खातामा अन्य व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरी हुँदै नभएको कारोवारको आधारमा असूली देखाएर रकम हिनामिना गरेको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्र.स.नि. दिलिप कार्की प्रहरी पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा निजले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी रु.१,०३,९७,९३७।५४ हिनामिना एवं हानिनोक्सानी गरेको स-प्रमाण पुष्टि भएको र निज दिलिप कार्कीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकोले निज दिलिप कार्कीलाई सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय हुन तथा हानिनोक्सानी गरेको उक्त बिगो रु.१,०३,९७,९३७।५४  (एक करोड तीन लाख सन्तानब्बे हजार नौ सय सैतीस रुपैयाँ चौवन्न पैसा) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10