जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका, श्रीनगर बस्ने सोभिता साह उपर घुस/रिसवत मुद्दामा प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०३।१६ गते ।
----------------------------------------------------

प्रहरी चौकी गौरीशंकर, सर्लाहीका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादव भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा साक्षीका रुपमा पेस गरिएका उजुरी निवेदक सोभिता साहले अदालतमा बकपत्र गर्दा निवेदनको व्यहोरा र अनुसन्धानको क्रममा गरेको कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल बकपत्र गरेको भन्ने मुद्दा सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रुपमा पेश गरिएका जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. १४, श्रीनगर बस्ने सोभिता साहले प्रतिवादी प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादव भएको मुद्दामा मुद्दा हेर्ने अधिकारी समक्ष गरेको सहयोग प्रतिकुल हुने गरी वकपत्र गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा निज सोभिता साहको घुस/रिसवत दिने कार्यसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको भ्रष्टाचारजन्य कसुर भएकोले निज सोभिता साहलाई रु. 5,000।– (अक्षेरुपी पाँच हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र सोही ऐनको दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03