जिल्ला धनुषा बटेश्वर गाउँपालिकाका सवारी चालक विर बहादुर मगरसहित रु. ८,००,०००/- अतिरिक्त रकम नियन्त्रणमा लिइएको ।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।१८ गते ।
----------------------------------------------------

जिल्ला धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट टोली खटिई गएकोमा गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री उक्त गाउँपालिकाका सवारी चालक विर बहादुर मगरले चलाएको प्र.२-०२-००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा रु. ८,००,०००।– अतिरिक्त रकम लिई भाग्ने क्रममा उक्त रकम जिल्ला धनुषा छिरेश्वर न.पा. वडा नं. ५ को बाटो छेउमा फ्याकी फरार रहेको, निजका सवारी चालक विर बहादुर मगरलाई वटेश्वर गा.पा. वडा नं. ४ बाट नियन्त्रणमा लिइएको र नगद रकम रु. ८,००,०००।– (आठ लाख रुपैयाँ)  छिरेश्वर न.पा. वडा नं. ५ को बाटो छेउको जमिनमा फालिएको अवस्थामा फेलापारी मिति २०७७।११।१७ गते निज सवारी चालक र उक्त नगद रकम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download