जिल्ला काठमाडौं, नापी कार्यालय कलंकीका कार्यालय सहयोगी पदमा कार्यरत एकेन्द्र कुँवर घुस/रिसवत रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।०४।२६ गते ।
----------------------------------------------------

जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत रु.१३,०००।– माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको मोबाइल डिभाइस- २ थान, सोही कार्यालयका सर्भेक्षकको मोबाइल- १ थान र सोही कार्यालयका कार्यालय सहयोगी पदमा कार्यरत एकेन्द्र कुँवरको साथबाट घुस/रिसवत वापत लिइएको रु. १३,०००।– (तेह्र हजार रुपैयाँ) एवं मोबाइल डिभाइस थान-१ सहित निज कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई नापी कार्यालय कलंकीको कार्यालय परिसरबाट आज मिति २०८२।०४।२६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
राजेन्द्र कुमार पौडेल

नियन्त्रण नियन्त्रण
  

Other Press Release