जिल्ला रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८२।०४।२६ गते।
----------------------------------------------------
जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिका वडा नं. ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीले सिमा पारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई सेवाग्राहीबाट रु.१५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिका वडा नं. ५ अन्तर्गतबाट आज मिति २०८२।०४।२६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
नियन्त्रण नियन्त्रण
Tweet
Other Press Release
|
जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस/रिसवत रकमसहित नियन्त्रणमा।
2026/05/23 |