जिल्ला बारा स्थित मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाल रु. ६,००,०००।– अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।०८ गते ।
--------------------------------------------
जिल्ला बारा स्थित मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडालले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीसँग रु. ६,००,०००।– (छ लाख रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित दुवै जनालाई मिति २०७७।११।०७ गते जितपुर सिमरा उ.म.न.पा. वडा नं.-२२, स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download