जिल्ला काभ्रेपलान्चोक, पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।०६ गते ।
----------------------------------------------------
 
जिल्ला काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ४ तामाघाटस्थित मसला बाली बिकास केन्द्रको स्वामित्वमा रहेको करिब ७ रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन, ललितपुरले कृषि उपज बजार सञ्चालन गर्न उपलब्ध गराएकोमा बर्षौदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गरी व्यक्तिगत फाइदा लिने कार्य गरेको हुँदा आवश्यक कारवाही हुन भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठले स्टलहरु निर्माण गर्दा लागेको खर्च एवं भाडावापत प्राप्त आयसमेतको विवरण पारदर्शी ढंगबाट राखी सञ्चालक समितिको निर्णयबाट खर्च गर्नु/गराउनुपर्नेमा सो नगरी आफूखुशी कोषाध्यक्ष दिनेश अधिकारीको सहमति र मिलेमतोमा समितिको खातामा जम्मा भएको रकम रु. १४,४४,१९९।– (अक्षरुपी चौध लाख चौवालीस हजार एक सय उनान्सय रुपैंया) मध्ये रु. १४,३८,५००।– (अक्षरुपी चौध लाख अडतीस हजार पाँच सय रुपैयाँ) निज आफैंले झिकी खाइमासी हिनामिना गरी लेखापरीक्षसमेत गराएको र एच.के. अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीले समेत हिनामिना भएको रकमलाई बैधता दिने गरी लेखापरीक्षण प्रतिवेदन दिएको हुँदा निजहरु उपर देहाय बमोजिम कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिइएको छ ।
१. कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठले समितिको अध्यक्ष पदमा रहेर समितिको खातामा रहेको रकममध्ये रु. १४,३८,५०० (अक्षरुपी चौध लाख अड्तीस हजार पाँच सय रुपैयाँ) आफूसमेतले चेकमा सही गरी निकाली हिनामिना गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र हिनामिना गरेको बिगो रु. १४,३८,५००।- समेत भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
२. कृषि उपज बजार सञ्चालक समितिका कोषाध्यक्ष दिनेश अधिकारीले निजसमेतको दस्तखतबाट खाता सञ्चालन भएको देखिएकोले र निजले समेत हस्ताक्षर गरेको चेकबाट अध्यक्ष र कोषाध्यक्षले रु. १४,३८,५००।– (अक्षरुपी चौध लाख अडतीस हजार पाँच सय रुपैयाँ) निकाली अनियमितता गरेकोले निज दिनेश अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कुसरमा सोही दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र हिनामिना गरेको बिगो रु. १४,३८,५००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
३. कृषि उपज बजारको लेखापरीक्षण प्रतिवेदन एच.के. अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीले खर्चका विल भरपाई वेगर कृषि उपज बजार सञ्चालक समिति पाँचखालको लेखापरीक्षण गरी गलत प्रतिवेदन दिएको पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसुर गरेको हुँदा निज केशव अधिकारीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03