आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका संचालक सन्तोष थापा मगर रू. ४३,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।२९ गते ।
----------------------------------------------------
आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत रू.४३,०००/- (त्रिचालिस हजार) अतिरिक्त रकम दिदै लिदै गर्दाको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज राजन शर्मा र सन्तोष थापा मगर दुबै जनालाई बालाजु स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट मिति २०७७।०९।२८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

 

Download
  

Other Press Release