मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतो रु. ११,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।२३ गते ।
----------------------------------------------------

मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र हरिवन नगरपालिका वडा नं.-२ सर्लाहीका लेखापढी व्यवसायी राम सुन्दर महतोले जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज लेखापढी व्यवसायी राम सुन्दर महतोलाई सेवाग्राहीबाट रु.११,०००/- (एघार हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको साथै नायब सुब्बा बेदनिधी बरालसमेतलाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
तारानाथ अधिकारी

Download