तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुख वेल बहादुर नेपालीसमेत ५ जनाउपर बिगो रु. १,१४,७६,०००।– कायम गरी सार्वजनिक सम्पत्ती हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।१६ गते ।
----------------------------------------------------
काठमाडौ दिगो शहरी यातायात आयोजनाअन्तर्गत काठमाडौको टेकुमा निर्माण व्यावसायी  ZIEC-Pappu J/V द्वारा निर्माणाधीन पुल सम्झौता बमोजिमको शर्त/मापदण्ड, स्वीकृत डिजाइन तथा स्पेशिफिकेसन बमोजिम निर्माण नगरेकोले आयोजनाले काम रोकी त्रुटी सच्याउन पत्राचार गरे पनि निर्माण व्यावसायीद्वारा निर्देशनको बेवास्ता गरी पुल निर्माण अगाडि बढाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निम्नानुसारको प्रतिवादीहरुले देहायबमोजिमको विभिन्न कसुरहरु गरेको देखिंदा निज प्रतिवादीहरुउपर देहायबमोजिम सजाय मागदाबी लिइएको छ ।
निम्न:
१. तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुख वेल बहादुर नेपालीले उक्त ठेक्काअन्तर्गतको कार्यसम्पादन जमानत नवीकरण नगरी म्याद सकिसकेको अवस्थामा समेत आयोजना इकाइको तर्फबाट निमित्त आयोजना प्रमुख आफूले नै टिप्पणी उठाई ठेक्काको तेश्रो चोटीको लागि म्याद थप सिफारिस गरेको र सोही सिफारिसको आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा हुन गई नेपाल सरकारलाई हानिनोक्सानी हुन गएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु.१,१४,७६,०००।- (एक करोड चौध लाख छयत्तर हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेवमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम सजाय गरी हिनामिना भएको रकम ऐ. ऐनको को दफा १७ अनुसार निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
२. तत्कालीन लेखा अधिकृत नारायण बहादुर थापाले ठेक्काको म्याद थप गर्ने सिलसिलामा गलत टिप्पणी उठाई सिफारिस गरेको देखिएको र निजले उठाएको टिप्पणीको आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा हुन गई नेपाल सरकारलाई हानिनोक्सानी हुन गएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९, को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु.१,१४,७६,०००।- (एक करोड चौध लाख छयत्तर हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम सजाय गरी हिनामिना भएको रकम ऐ. ऐनको दफा १७ अनुसार निजबाट असुल उपर हुन मागदाबी लिइएको छ ।
३. तत्कालीन लेखापाल गिरी प्रसाद श्रेष्ठले ठेक्का तोड्ने र कालोसूचीमा राख्ने जस्तो महत्वपूर्ण कारवाहीको शुरु टिप्पणीमा रु.१,७२,१४,०००।- को कार्यसम्पादन जमानतको रकम र सोको म्याद मात्र उल्लेख गरेको देखिएको तर सोही ठेक्काको कार्यसम्पादन जमानतको सम्बन्धमा भने केही उल्लेख नगरेको कारण सोही आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा हुन गई नेपाल सरकारलाई हानिनोक्सानी हुन गएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९, को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु.१,१४,७६,०००।- (एक करोड चौध लाख छयत्तर हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेवमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम सजाय गरी हिनामिना भएको रकम ऐ. ऐनको को दफा १७ अनुसार निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
४. तत्कालीन लेखा अधिकृत श्याम बहादुर खत्रीले ठेक्का तोड्ने र कालोसूचीमा राख्ने जस्तो महत्वपूर्ण कारवाहीको शुरु टिप्पणीमा रु.१,७२,१४,०००।०० को कार्यसम्पादन जमानतको रकम र सोको म्याद मात्र उल्लेख गरेको देखिएको तर सोही ठेक्काको कार्यसम्पादन जमानतको सम्बन्धमा भने केही उल्लेख नगरेको कारण सोही आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा हुन गई नेपाल सरकारलाई हानिनोक्सानी हुन गएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु.१,१४,७६,०००।- (एक करोड चौध लाख छयत्तर हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेवमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम सजाय गरी हिनामिना भएको रकम ऐ. ऐनको दफा १७ अनुसार निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
५. Zhongding International Engineering Co. Ltd. (ZIEC) को प्रतिनिधि Mr. Zeng Junyan र उक्त ठेक्काको अख्तियारनामा (Power of Attorney) प्राप्त सुमित रौनियारसमेतले ठेक्का म्याद थप माग गर्दा कार्य सम्पादन जमानत नवीकरण गरी ल्याउनुपर्नेमा सोअनुसार नल्याई रु.१,७२,१४,०००।- को कार्यसम्पादन जमानतको मात्र नवीकरण गरी ल्याई सोहीअनुसार म्याद थप गराई रु.१,१४,७६,०००।- कार्यसम्पादन जमानत फुकुवा गरी लगेको पुष्टि हुन आएकोले निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसार कसुर गरेको पुष्टि हुन आएकोले निजहरु दुवैलाई रु.१,१४,७६,०००।- बराबरको बिगो तथा विगोबमोजिमको जरिवानासमेत असुलउपर गरी सोही ऐनको दफा ८ को उपदफा (४) मा उल्लेख भएबमोजिम सजाय हुन मागदाबी लिनुपर्ने देखिएकोमा उक्त जे.भी. लिड पार्टनर Mr. Zeng Junyan विदेशी नागरिक भएको देखिएकोले निजको हकमा पछि नेपाल सरहदमा फेला परेमा कानूनबमोजिम थप आरोपपत्र पेश गर्ने गरी हाल ठेक्काको अख्तियारनामा (Power of Attorney) प्राप्त सुमित रौनियार उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा ४ बमोजिम बिगो रकम असुलउपर गरी जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
  
प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21