जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर (करार) पर्वत पौडेल र व्यवसायी नारायणप्रसाद भट्ट रु.७५,०००।–(पचहत्तर हजार) घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०७।२२ गते ।
----------------------------------------------------
 
जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर (करार) पर्वत पौडेलले घर निर्माण सम्पन्नको प्रमाण-पत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज पर्वत पौडेलले सेवाग्राहीसँग रु. ७५,०००।– (पचहत्तर हजार) माग गरी होटल व्यवसाय गर्ने नारायणप्रसाद भट्टलाई लिन लगाई निज नारायणप्रसाद भट्टले लिएको अवस्थामा उक्त घुस रकमसहित बिदुर नगरपालिका वडा नं.-२ काउण्टर चोकबाट दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 
 
प्रवक्ता 
तारानाथ अधिकारी

Download