नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसमेत २ जना उपर बिगो रु.२,७५,०००/- कायम गरी घुस/रिसवत सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०६।२१ गते।
-----------------------------------------

नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहले स्रोत नखुलेको रकम अन्दाजी रु.८/१० लाख रुपैयाँ साथमा लिई लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौंतर्फ आउने हुँदा निजलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरी पाउँ भन्ने गोप्य सूचना अनुसार निज बुटवलबाट काठमाडौं तर्फ आउँदै गर्दा जिल्ला धादिङ्ग धुनिवेशी नगरपालिका वडा नं ८ खानीखोलामा फेला पारी निजको खानतलासी गर्दा स्रोत नखुलेको जम्मा नगद रु.२,३३,५००/-, विभिन्न रकम जम्मा गरेको भौचरहरु, हिसाब किताबको अभिलेख रहेको सेतो कागजको टुक्रा (चिट), चेकबुक, भीजा कार्ड, डायरी तथा मोबाइल सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर सन्तोष साहलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलका कार्यालय प्रमुख सन्तोष साहको SBI BANK को खातामा रु.२,७५,०००/- जम्मा गरेको रकम Smart Suppliers बाट जारी बीजक नं. २०९, २६३ र ३६८ बाट पानी तान्ने मेशिनसमेतका सामान खरिद तथा Installation गरेबापतको कमिसन रकम भएको पुष्टि हुन आई निज इन्जिनियर सन्तोष साहले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) र दफा ६ बमोजिम समेतको भ्रष्टाचारजन्य कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज राष्ट्रसेवक कर्मचारी इन्जिनियर सन्तोष साहलाई बिगो रु.२,७५,०००/- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिबाना र कैद सजाय हुन साथै घुस/रिसवत/कमिसनबापतको रकम रु.२,७५,०००/- (दुई लाख पचहत्तर हजार) सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निज सन्तोष साहबाट जफत हुन समेत मागदाबी लिइएको छ । 

साथै आरोपितमध्ये Smart Suppliers का सञ्चालक विकास जैनले पानी तान्ने मेशिनसमेतका सामान खरिद तथा Installation गरे बापतको घुस रिसवत/कमिसन स्वरूप रु.२,७५,०००/- सन्तोष साहको एसबिआई बैकको खातामा जम्मा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज Smart Suppliers का सञ्चालक विकास जैनलाई घुस/रिसवत/कमिसनबापतको बिगो रु.२,७५,०००/- (दुईलाख पचहत्तर हजार) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10