गोदावरी नगरपालिका, ललितपुरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तानउपर बिगो रु. १,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०५।०९ गते।
------------------------------------------

जिल्ला ललितपुर गोदावरी न.पा.-११, बज्रबाराही स्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तानले निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु कृष्णप्रसाद जैसी र किशोर कुमार मोक्तानलाई सेवाग्राहीबाट रु. १,५०,०००/- (एक लाख पचास हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा गोदावरी नगरपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तानसमेतले निर्माण कार्य सम्पन्न भएको कामको बिल भुक्तानी दिनको लागि घुस/रिसवत माग गरी नदिएमा बिल भुक्तानी गर्न नसक्ने भनी चेकहरु नदिई रोकी सेवाग्राहीसँग घुस/रिसवत रकम रु.१,५०,०००।- लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा निज प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तानले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले निज कृष्ण प्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तानलाई बिगो रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03