कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र निजको छोरा सन्त कुमार मण्डलउपर बिगो रु. ५,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।२८ गते।
------------------------------------------

 कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुकले Detailed Project Report (DPR)  गर्ने कार्य सम्पन्न गरेको कामको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी उक्त रकम निजले आफ्नो छोरालाई लिन पठाएको छ भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले निजको छोरा सन्त कुमार मण्डललाई रु.५,००,०००/-(पाँच लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र निजको छोरा सन्त कुमार मण्डलले मिलेमतो गरी Detailed Project Report (DPR)  निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीको लागि काटिएको विभिन्न चेकसमेत नदिई चेक दिन घुस कमिशन माग गरी सेवाग्राहीले नियमानुसार पाउनुपर्ने भुक्तानीको चेक नियन्त्रणमा राखी दु:ख हैरानी दिई रु.५,००,०००/- घुस कमिशन माग गरी नगर प्रमुख सुर्यनाथ मण्डल धानुकले उक्त घुस/रिसवत रकम लिन छोरा सन्त कुमार मण्डललाई पठाई रु. ५,००,०००/-  घुस/रिसवत लिएपश्चात नियन्त्रणमा लिई राखेको चेक दिएको र उक्त चेकको सो दिन अन्तिम म्याद भएको हुँदा चेक क्लियरिङ नभई चेकको म्याद नै समाप्तभै हालसम्म पनि भुक्तानी पाउन नसकेको समेतको अवस्थाबाट कल्याणपुर नगरपालिका सिरहाको नगर प्रमुख सूर्यनाथ मण्डल धानुकले घुस माग गरी निजको छोरा सन्त कुमार मण्डलले उक्त रकम बुझिलिएको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निज सुर्यनाथ मण्डल धानुकले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज नगर प्रमुख (मेयर) सूर्यनाथ मण्डल धानुकलाई बिगो रु.५,००,०००/- (पाँच लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको मागदाबी लिइएको छ ।
 
त्यसैगरी कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुकको निर्देशनअनुसार निजले भनेबमोजिम निजसँग मिलेमतो गरी निजको छोरा सन्त कुमार मण्डलले सेवाग्राहीसँग घुस/रिसवतको बार्गेनिङ गरी बुबा सूर्यनाथ मण्डल धानुक तथा आफूलाई समेत लाभ हुने गरी घुस/रिसवत रकम रु.५,००,०००/- लिन मन्जुर गरी उक्त घुस/रिसवत रकम लिएको पुष्टि हुन आएको हुँदा निज सन्त कुमार मण्डलले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज सन्त कुमार मण्डललाई सोही दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम घुस लिएको रु.५,००,०००/- (पाँच लाख) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21