नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख (सातौ तह) इन्जिनियर सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०४।२६ गते।
 --------------------------------------------
नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख (सातौ तह) इन्जिनियर सन्तोष साहले खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुस/रिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर सन्तोष साहलाई उक्त संस्थानको लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाण्डौ जादै गर्दा जिल्ला धादिङ धुनिवेसी नगरपालिका वडा नं.-८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा निज सँग रहेको श्रोत नखुलेको नगद रकम रु.२,३३,५००/- (दुई लाख तेत्तीस हजार पाँच सय) र  बैंकमा जम्मा गरेको बैंक भौचर  रु.८,२२,०००/- (आठ लाख बाइस हजार) बराबरको रकमसहित मिति २०७७/०४/२५ नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता 
तारानाथ अधिकारी

Download