Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

जिल्ला दाङ, तुलसीपुर उप-महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय श्रोत नखुलेको अस्वभाविक रकम रू.१४,४८,३९६/-सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।१७ गते । 
---------------------------------------------

जिल्ला दाङ, तुलसीपुर उप-महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिगएको टोलीले निज प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय चढेको सरकारी गाडी बा.२ झ.४०९९ नम्बरलाई चन्द्रागिरी नगरपालिका वडा नं. २, नागढुङा, काठमाडौंमा रोकी चेकजाँच गर्दा निजको साथबाट नगद रू.१,२४,७५०/- र फिक्स डिपोजिट तथा बैंक डिपोजिट रू.१३,२३,६४६/- को रसिदहरू गरी कुलजम्मा रू.१४,४८,३९६/- (चौध लाख अडचालीस हजार तीन सय छयान्नब्बे) बराबरको रकम सहित नागढुङाबाट मिति २०७७।०४।१६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

 

 

Download Now