लमजुङ जिल्ला मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीका प्रसाद गुरुङ अनुसन्धानको लागि नियन्त्रणमा ।



प्रेस विज्ञप्ति:- मिति २०७७।०४।०९ गते । 
---------------------------------------------

लमजुङ जिल्ला राष्ट्रिय पुन:निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भई मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीका प्रसाद गुरुङले ८ जना लाभग्राहीहरुसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा जनही ५० हजारका दरले घुस/रिसवत माग गरी रु. ४ लाख रकम लिएको भन्ने सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले जिल्ला प्रशासन कार्यालय, लमजुङको सहयोगमा निजहरुलाई बेशीशहर बजारबाट मिति २०७७।०४।०८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download