जिल्ला ललितपुर स्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तान रु. १,५०,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।०५ गते । 
---------------------------------------------

जिल्ला ललितपुर गोदावरी न.पा.-११, बज्रबाराही स्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तानले निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु कृष्णप्रसाद जैसी र किशोर कुमार मोक्तानलाई सेवाग्राहीबाट रु. १,५०,०००/- (एक लाख पचास हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा निजहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download