साविक तितिर्खी गाउँ विकास समितिका सचिव मुहानन्द खनालसहित ४ जनाउपर बिगो रु. ३,९१,२२७।३७ कायम गरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।
-------------------------------------------------
 
जिल्ला कपिलवस्तु साविक तितिर्खी गाउँ विकास समितिस्थित जमुवार नदीमा पुल निर्माण गर्दा तितिर्खी गाउँ विकास समिति तथा जिल्ला विकास समिति कपिलवस्तुबाट दोहोरो भुक्तानी लिएको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गाउँ विकास समिति सचिव, जिल्ला विकास समिति कपिलवस्तुका सह-लेखापल, उपभोक्ता समितिका अध्यक्षसमेतको मिलेमतोमा तितिर्खी गाउँ विकास समितिबाट कुनै ठोस कार्य सम्पन्न नै नगरी जिल्ला विकास समितिको बजेटबाट सम्पन्न गरिएको कामलाई नै देखाई गाउँ विकास समितिको रु. ३,९१,२२७।३७ (तीन लाख एकानब्बे हजार दुई सय सत्ताइस रुपैया सैतीस पैसा) उपभोक्ता समितिलाई दोहोरो भुक्तानी दिई गैरकानूनी हानी पुर्‍याउने बदनियतले देहायका व्यक्तिहरुले भ्रष्टाचार कसुर गरेको प्रमाणित हुन आएकोले देहायबमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. साविक तितिर्खी गाउँ विकास समितिका सचिव मुहानन्द खनाल र साविक जिल्ला विकास समिति कपिलवस्तुका सह-लेखापल गोले अलि धुनियाले बिना आधार, प्रमाण हचुवाको भरमा कुनै निर्माण कार्य नै नगरी जिल्ला विकास समितिबाट गरिएको निर्माण कार्यलाई गाउँ विकास समितिबाट गरेको हो भनी नेपाल सरकारको रकम हानिनोक्सानी गरी गैरकानूनी लाभ लिने मनसायले उपभोक्ता समितिलाई दोहोरो भुक्तानी दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई बिगो रु. ३,९१,२२७।३७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र सोही दफा ८ को उपदफा (१) बमोजि बिगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ ।
ख. उपभोक्ता समितिका अध्यक्ष अजिजुर्रहमान मुसलमान तथा सचिव पुनवासी कुर्मीले पुल निर्माण कार्यको साविक जिल्ला विकास समिति कपिलवस्तुसँग छुट्टै सम्झौता गरी सोही अनसार पेश्की लिई कार्य गरिरहेकोमा सोही कार्यलाई देखाई गाउँ विकास समितिबाट समेत दोहोरो भुक्तानी लिई साविक तितिर्खी गाउँ विकास समितिको रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको हुँदा निजहरुलाई बिगो रु. ३,९१,२२७।३७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो असुल उपर गरी जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 
 
 

Download
  

Other Press Release

आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत २ जना र निर्माण सेवा प्रा.लि. उपर गलत लिखत तयार गरी गराई सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/06
कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा नं. २ का वडा अध्यक्ष जगदिश मंडलसमेत ८ जना र कन्सल्टेन्ट प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/04
डिभिजन वन कार्यालय, इलाममा डिभिजनल वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत (अधिकृत दशौ तह) दान बहादुर श्रेष्ठ उपर बिगो रु.१,४३,१८,९३७।५२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/03
जिल्ला दाङ, गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीसमेत २ जना र कन्सट्रक्सन कम्पनी प्रा.लि. उपर नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरित बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम असूल उपर गर्नुपर्नेमा सो नगरी राजस्व रकम हिनामिना गरेकोले भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/02
जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की उपर सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/30
जिल्ला डडेल्धुरा, आलिताल गाँउपालिका वडा नं. ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै उपर उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/29
जिल्ला स्याङ्जा, शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेलसमेत ३ जना उपर बिद्यालयको लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गरे गराएको एवं बिद्यालय कोषको रकमसमेत हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/26
स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जना उपर स्वास्थ्य सेवा विभागको Mammography Machine खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत Post Shipment Inspection(PDI) Report, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/10/19
जिल्ला कैलाली, जानकी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जना प्रतिवादीहरुले सोही वडामा नै मृत्युदर्ता पंजिकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरु आफैले औठाछाप लगाई प्रमाणितसमेत गरेको र नविकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी गराई प्रतिवादीहरुले आफूसमेतलाई लाभ र गाउँपालिका/नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा आरोपपत्र दायर।
2025/10/17
जिल्ला महोत्तरी क्षेत्र नं ४ख बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत १६ जना उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/10/16