मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत (हाल सह-सचिव) टिकाराम ज्ञवालीसहित १३ जना उपर बिगो रु.५,०५,४२,०००।–कायम गरी गैर-नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्रीबितरण गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२८ गते ।
-------------------------------------------------
 
जिल्ला नवलपरासी साविक सनई गा.वि.स. वडा नं. ८ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गाहरु हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको भन्‍ने समेत  व्यहोराको उजुरीमा अनुसन्धान हुँदा भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवारले गलत कागजातका आधारमा कानूनविपरीत तीन परिवार संख्या कायम गर्ने गरी गरेको गैरकानूनी निर्णय, सोही निर्णयलाई कार्यान्वयन गराएको भनी मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृत र स्थानिय निकायसमेत प्रलोभनमा परी भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गा.वि.स. मै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नं. तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२-२-१७.२५ बिघा जग्गाहरुसमेत भारतीय नागरिक पि.एस.मेहराको छोरा अनुप मेहरावाट बिक्री बितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिमको भ्रष्टाचारजन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुको हकमा देहाय वमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ। 
देहाय:‍
 
क्र.सं. प्रतिवादीको पद, नामथर भ्रष्टाचारको कसुर बिगो रु. सजायको मागदाबी
 तत्कालीन प्रमुख मालपोत अधिकृत टिकाराम ज्ञवाली भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा १७ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) वमोजिम सजाय र सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो असूल उपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा १२ समेतको कसुर गरेको रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१), सोही ऐनको दफा १७ मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ), र सोही ऐनको दफा १२ बमोजिमको सजाय र सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन मालपोत अधिकृत मनोहर प्रसाद पन्थि  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा ९ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) र सोही ऐनको दफा ९ समेतको सजाय र सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
 तत्कालीन नायब सुब्बा बुद्दिसागर तिवारी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा १७ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय र सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन नायव सुब्बा रमेशमान श्रेष्ठ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा ९ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) र सोही ऐनको दफा ९ समेतको सजाय र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन गा.वि.स.सचिव नन्दलाल दास  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको सजाय हुन मागदाबी लिइएको छ ।
तत्कालीन गा.वि.स. सविच बुद्दिसागर सुवेदी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको सजाय हुन मागदाबी लिइएको छ ।
तत्कालीन गा.वि.स. सविच नन्दलाल कुम्हाल कोहार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिमको सजाय हुन मागदाबी लिइएको छ ।
तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ दफा ९ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) र सोही ऐनको दफा ९ समेतको सजाय र सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
१० तत्कालीन खरिदार नेत्रबहादुर चौधरी  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा १२ समेतको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१), सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ), र सोही ऐनको दफा १२ बमोजिमको सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
११  खरिदार अमृतकुमार काम्मु मगर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज), सोही ऐनको दफा १७ र दफा ९ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) र सोही ऐनको दफा ९ समेतको सजाय र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
१२  तत्कालीन खरिदार खगेन्द्र पराजुली भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा १७ बमोजिमको कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १७ मा उल्लेख भएअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय र सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
१३ गेरमी गाउँपालिका वडा नं.५ बस्ने रविकुमार खत्री भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेको । रु.५,०५,४२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानि नोक्सानी गरेको विगोसमेत सोही दफा ८ को उपदफा (४) बमोजिम विगो असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

          

         साथै, अस्तित्वमै नरहेका प्रेम शरण खत्रीका नाममा कायम रहेका जग्गाहरु सम्बन्धित सरकारी कर्मचारीहरु र गलत प्रवृतिका व्यक्तिहरुसँगको मिलेमतोमा अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुप कुमार खत्री बनाई निजकै नामबाट उल्लिखित जग्गाहरु विभिन्न व्यक्तिविशेषहरुलाई बिक्री वितरण गरी हाल ती जग्गाहरु देवेन्द्रसिंह सैथवार, आशकुमार सैथवार, बृजमनि सैथवार, ईन्द्रावती सैथवार, अमनसिंह सैथवार (नावालक), तेजप्रतापसिंह सैथवार (नावालक), रितु कुमारी सैथवार, शिवलाल चमार, परदिप सुनार, तेजश्व सोनकर, पूर्णिमा कुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मासमेतको नाममा कायम रहेको र निज जग्गाधनिहरु भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको नदेखिए तापनि नेपाल सरकारको नाममा कायम हुनुपर्ने जग्गाहरु हाल निजहरुको नाममा कायम भएको देखिएवाट भ्रष्टाचारजन्य कसुरमा सजायको मागदाबी लिन न्यायोचित नभएतापनि नेपाल सरकारको नाममा कायम हुने हाल निजहरुको नाममा रहेका क्षेत्रफल ३२-२-१७.२५ बिघा जग्गाहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र सोही ऐनको दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र निजहरु देवेन्द्रसिंह सैथवार, आशकुमार सैथवार, बृजमनि सैथवार, ईन्द्रावती सैथवार, अमनसिंह सैथवार (नावालक) को हकमा निजको संरक्षक आशकुमार सैथवार, तेजप्रतापसिंह सैथवार (नावालक) को हकमा निजको संरक्षक आशकुमार सैथवार, रितु कुमारी सैथवार, शिवलाल चमार, परदिप सुनार, तेजश्व सोनकर, पूर्णिमा कुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मासमेतलाई प्रतिवादी कायम गरी उक्त जग्गाहरुमा कायम रहेको मोहियानी हक सुरक्षीत हुने गरी नेपाल सरकारको नाममा कायम हुन मागदाबी लिई आज विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ।

 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10