Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

नेपाल प्रहरीका प्रहरी जवान प्रेम बहादुर रैकालउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२५ गते ।
-------------------------------------------------

कन्चनपुर जिल्ला, भीमदत्त नगरपालिका वडा नम्बर-५ निवासी प्रेम बहादुर रैकालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्ति भई कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री गणेश माध्यमिक विद्यालय, भुर्सा, कञ्चनपुरबाट कक्षा-८ पास गरेको नक्कली एवं झुठ्ठा प्रमाणपत्र पेश गरी मिति २०७०।०६।१५ मा नेपाल प्रहरीको प्रहरी जवान पदमा स्थायी नियुक्ति भई लाभसमेत लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरजन्य कार्य देखिन आएको हुँदा निज प्रेम बहादुर रैकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download Now
  

Other Press Release

कल्याणपुर नगरपालिका सिरहाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र निजको छोरा सन्त कुमार मण्डलउपर बिगो रु. ५,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2020/08/12
जोशीपुर गाँउपालिकाको कार्यालय कैलालीका ना.सु. सिद्धराज जोशीउपर बिगो रु. ८५,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2020/08/10
घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका उद्योग अधिकृत (अधिकृत सातौं) हुकुम बहादुर ओलीउपर बिगो रु. ९६,३००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2020/08/09
जिल्ला बाग्लुङ ढोरपाटन नगरपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर मिलन अधिकारीउपर बिगो रु. १,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2020/08/09
जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकाश पोख्रेलउपर बिगो रु. ६५,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2020/08/02