श्री जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तिनपाटन गाउँपालिका, वडा नं. १० सिन्धुलीका कोषाध्यक्ष मिन बहादुर घोलेसमेत २ जना रु.३,३०,५००/- रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०२।२३ गते
---------------------------------------------

जिल्ला सिन्धुली, तिनपाटन गाउँपालिका वडा नं. १० मा सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको वडा नं. ९ मा लैजान दिने भनी घुस/रिसवत रकम माग गरी उक्त घुस/रिसवत रकम लिई पुरानो काठ लैजान दिएको भन्ने निवेदनको अधारमा ईलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीबाट खटिई गएको टोलीले जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका वडा नं. १० स्थित डकाहा चकमके जाने कच्ची सडकबाट मिति २०७७।०२।२१ गते श्री जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तिनपाटन गाउँपालिका, वडा नं. १० सिन्धुलीका कोषाध्यक्ष मिन बहादुर घोलेको साथबाट रु.३,००,०००/- (तीन लाख) र जनसेवा वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तिनपाटन गाउँपालिका, वडा नं. १० सिन्धुलीका कोषाध्यक्ष तिर्थ बहादुर रानाको साथबाट रु.३०,५००/- (तीस हजार पाँच सय) घुस/रिसवत बापतको रकम वरामद गरी मिति २०७७।०२।२२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिबासमा दाखिला हुन आएको हुँदा निजहरुलाई आयोगको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।


प्रदीपकुमार कोइराला
प्रवक्ता

Download