केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कृष्ण बहादुर बोहरा उपर बिगो रु. ७,२९,९४६।४१ कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०५ गते ।
---------------------------------------------------

केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले भवन निर्माण र छात्रबृत्तिको रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक जिल्ला शिक्षा कार्यालय डोटीले निकासा गरेको रकम र विद्यालय आन्तरिक स्रोतको गरी जम्मा रु. ४१,५४,५००।– तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले पेश्की लिएको रकमबाट निर्माण भएको कामको साविकको जिल्ला शिक्षा कार्यालय, डोटीले रु. ३१,०९,९४५।– बराबरको मूल्याङ्कन गरेको र स्थलगत निरीक्षणको क्रममा गरिएको मूल्याङ्कनबाट रु. ३१,१६,०५६।५९ बराबरको कार्य भएको र निजले विद्यालयको खातामा रु. ३,०८,५००।– जम्मा गरेको देखिंदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले रु. ७,२९,९४६।४१ (सात लाख उनान्तीस हजार नौ सय छयालीस रुपैयाँ एक चालीस पैसा) हिनामिना गरेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले हिनामिना गरेको बिगो रु. ७,२९,९४६।४१ कायम गरी निजलाई सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09