बालादेवी आधारभूत विद्यालय ओखलढुंगाका अवकाश प्राप्त शिक्षक खेटराज बराल उपर आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।११।०४ गते ।
---------------------------------------------------

जिल्ला ओखलढुंगा, चम्पादेवी गाउँपालिका वडा नं. १ पुनाटार (साविक चम्पादेवी गाउँ विकास समिति वडा नं. १) स्थायी ठेगाना भई मिति २०५१।१२।०९ मा श्री चम्पादेवी प्राथमिक विद्यालयमा प्राथमिक तह चतुर्थ श्रेणी अस्थायी शिक्षकमा नियुक्ति भई मिति २०७५।११।२९ गते बालादेवी आधारभूत विद्यालयबाट स्वत: अवकाश लिएका सेवानिवृत्त शिक्षक खेटराज बरालले सेवा प्रवेश गर्दा पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली रहेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले मिथिला संस्कृत विश्वविद्यालय, कोरीयाही पटना भारतबाट मध्यमा तहको परीक्षा पास गरेको झुठ्ठा तथा नक्कली प्रमाणपत्रहरु पेश गरी प्राथमिक तह अस्थायी शिक्षक पदमा नियुक्ति लिई सोही तहको लाभसमेत लिएको देखिएको हुँदा निजले गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको देखिएकोले निज सेवानिवृत्त शिक्षक खेटराज बरालउपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09