सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई. जितेन्द्र कुमार चौधरी उपर बिगो रु. ३५,००,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०२ गते ।
---------------------------------------------------

सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई. जितेन्द्र कुमार चौधरीले उक्त कार्यालयमा कार्यालय प्रमुख पदमा कार्यरत रहँदा भूमि इन्फ्रास्ट्रक्च्चर प्रा.लि. बाट बिभिन्न मितिमा श्रीमतीको खातामा रकम जम्मा गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले सेवाग्राही भूमि इन्फ्रास्ट्रक्च्चर प्रा.लि. र उक्त प्रा.लि. सँग ज्वाइन्ट भेन्चरमा ठेक्कामा काम गर्ने ठेकेदारहरुसमेतको भूमि ईन्फ्रास्ट्रक्च्चर प्रा.लि.का संचालकबाट बाटो निर्माण गर्ने बिभिन्न स्वीकृत आयोजनाहरुको काम शुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट रु. ३५,००,०००।– (पैतीस लाख) गैरकानूनी तवरले कमिसनको नाममा घुस/रिसवत लिई श्रीमतीको खातामा जम्मा गर्न लगाई निज जितेन्द्र कुमार चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६ र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज उपर गैरकानूनी तवरले लिए खाएको कमिसन तथा घुस/रिसवतबापतको रकम बिगो रु. ३५,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६ समेतमा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र दफा ३ को उपदफा (१) बमोजिम लिएको घुस/रिसवतको रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21