काठमाण्डौ, बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप-प्रधानमन्त्री सहित ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी जम्मा १७५ जना उपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२२ गते ।
--------------------------------------------
व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको च.नं. ११४/०७३/०७४  मिति २०७४/०१/२४ को पत्रसाथ लेखिआएको र आयोगमा उ.द.नं. ६५५७ ‘क’ मिति २०७४।०१।२८ मा दर्ता भएको, साविक हाँडिगाउँ मौजा हा.नं. ४५६ भिड्ने ललिता निवास क्याम्पभित्रको सरकारले मुआब्जा समेत दिई अधिग्रहण गरेर लिएको २९९-९-२-० रोपनी सरकारी, सार्वजनिक र गुठी समेतका जग्गाहरु जफत भएको भनी मालपोत कार्यालय, काठमाण्डौ, डिल्लीबजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैह्रकानूनी तरिकाले व्यक्तिविशेषलाई जग्गाधनी र मोही कायम गरेर फिर्ता दिई भ्रष्टाचार गरेकोले छानबिन गरी दोषीलाई कारबाही गरिपाऊँ भन्ने समेत व्यहोराको उजुरी निवेदन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍‍को कार्यालयबाट शारदा प्रसाद त्रिताल संयोजक रहेको “सरकारी, सार्वजनिक, गुठी  र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएको जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको समितिको प्रतिवेदन,२०७५” ले गरेको सिफारिस बमोजिम आयोगबाट आवश्यक अनुसन्धान गर्नको लागि लेखिआएको पत्रलाई उजुरीको रुपमा दर्ता गरिएको साथै विभिन्न व्यक्ति तथा संस्थाहरुको नामबाट ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना भएको विषयमा छानविन गरिपाऊँ भनी विभिन्न मितिमा आयोगमा दर्ता गराएका उजुरी निवेदनहरु प्राप्त भएकोमा यसभन्दा अगाडि पनि यसै विषयमा आयोगमा उजुरी दर्ता भई अनुसन्धान पश्चात् तत्कालीन अवस्थामा आयोगको मिति २०६०।०३।१८ को निर्णयानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१२) बमोजिम तामेलीमा राखेको देखिएकोमा हाल दर्ता हुन आएका विभिन्न निवेदनहरु र छानबिन समितिको प्रतिवेदनसाथ सरकारले तत्कालीन अवस्थामा जग्गा प्राप्ति ऐन, २०१८ मुताविकका सम्पूर्ण प्रक्रियाहरु पूरा गरी काठमाण्डौ उपत्यकाभित्रका ललिता निवास लगायत विभिन्न ६ वटा घर दरबारहरु र तिनले चर्चेको कम्पाउण्डभित्रका घर जग्गाहरु सम्बन्धित जग्गाधनीहरुलाई कानून बमोजिमको क्षतिपूर्ति समेत दिई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर मिति २०२२।०२।२४ मा सरकारीकरण गरेको खुल्ने मिति २०२१।०८।१७ मा प्रकाशित नेपाल गजेट, अधिग्रहण गरिएको घर जग्गाको क्षतिपूर्ति दिने सूचना, क्षतिपूर्ति बुझ्न आउने जनाउ समेतका सूचना प्रकाशित भएका मिति २०२३।०७।०७ र मिति २०२५।१०।०८ का गोरखापत्र दैनिकका प्रमाणित फोटोकपीहरु लगायतका थप प्रमाण सहित उजुरी प्राप्त हुन आएकोले सो सम्बन्धमा अनुसन्धान हुँदा प्रस्तुत उजुरीको अनुसन्धानसँग सम्बन्धित रहेको काठमाण्डौ बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको जग्गा नेपाल सरकारद्वारा जग्गा अधिग्रहण गर्ने बारेको मिति २०२१।०८।१७ को राजपत्रमा प्रकाशित सूचनाको छैठौ बुँदामा परेको देखियो। जग्गा प्राप्ति ऐन, २०१८ वमोजिमका चरणबद्ध प्रक्रियाहरू र कानूनवमोजिमको कार्यविधि समेत पूरा गरी मिति २०२१।०८।१७ को नेपाल गजेटमा प्रकाशित जग्गा अधिग्रहण गर्ने बारेको सूचनामा निम्नानुसारका घर जग्गाहरु उल्लेख भएको देखियो।

बिस्तृत बिबरणको लागि डाउनलोडमा क्लिक गर्नुहोस ।

Download
  

Other Press Release

आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत २ जना र निर्माण सेवा प्रा.लि. उपर गलत लिखत तयार गरी गराई सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/06
कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा नं. २ का वडा अध्यक्ष जगदिश मंडलसमेत ८ जना र कन्सल्टेन्ट प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/04
डिभिजन वन कार्यालय, इलाममा डिभिजनल वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत (अधिकृत दशौ तह) दान बहादुर श्रेष्ठ उपर बिगो रु.१,४३,१८,९३७।५२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/03
जिल्ला दाङ, गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीसमेत २ जना र कन्सट्रक्सन कम्पनी प्रा.लि. उपर नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरित बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम असूल उपर गर्नुपर्नेमा सो नगरी राजस्व रकम हिनामिना गरेकोले भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/02
जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की उपर सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/30
जिल्ला डडेल्धुरा, आलिताल गाँउपालिका वडा नं. ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै उपर उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/29
जिल्ला स्याङ्जा, शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेलसमेत ३ जना उपर बिद्यालयको लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गरे गराएको एवं बिद्यालय कोषको रकमसमेत हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/26
स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जना उपर स्वास्थ्य सेवा विभागको Mammography Machine खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत Post Shipment Inspection(PDI) Report, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/10/19
जिल्ला कैलाली, जानकी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जना प्रतिवादीहरुले सोही वडामा नै मृत्युदर्ता पंजिकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरु आफैले औठाछाप लगाई प्रमाणितसमेत गरेको र नविकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी गराई प्रतिवादीहरुले आफूसमेतलाई लाभ र गाउँपालिका/नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा आरोपपत्र दायर।
2025/10/17
जिल्ला महोत्तरी क्षेत्र नं ४ख बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत १६ जना उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/10/16