जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल र सवारी चालक संचित दुलाल रु. १,००,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२० गते ।
--------------------------------------------

जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौलेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलको निर्देशनमा सवारी चालक संचित दुलालले घुस/रिसवत बापतको रु. १,००,०००।– (एक लाख) लिई जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. १२ स्थित वलम्बु च्याउ सहाकरी अगाडी जाँदै गर्दाको अवस्थामा दुवै जनालाई उक्त रकमसहित मिति २०७६।१०।१९ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download