पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०३ गते ।
---------------------------------------------------

पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीले सेवाग्राहीसँग कार्यालयसँग सम्बन्धित सूचना विज्ञापन पत्रिकामा प्रकाशित गरिदिए पश्चात भुक्तानी दिएको रकमबाट घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज रमेश कार्कीलाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रु. ८,५००/- (आठ हजार पाँच सय) लिएको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा पशुसेवा विभाग हरिहरभवन, ललितपुरका लेखा अधिकृत रमेश कार्कीले सेवाग्राहीसँग लुलु मिडिया एण्ड पब्लिकेशन प्रा.लि. ले पशुसेवा विभाग हरिहरभवन पुल्चोक ललितपुरबाट गोरखापत्रमा विज्ञापन/सूचना प्रकाशन गर्ने काम लिई गोरखापत्रमा विज्ञापन/सूचना प्रकाशित गरी नियमानुसार भुक्तानी लिई सकेपश्चात उक्त बिल रकम भुक्तानी गरिदिए बापत घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको देखिंदा निज रमेश कार्कीलाई बिगो रु. ८,५००।–(आठ हजार पाँच सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09