मोरङ जिल्ला नापी कार्यालय बेलवारीमा कार्यरत सर्भेक्षक दिनेशकुमार साह घुस रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२८ गते ।
--------------------------------------------
मोरङ जिल्ला नापी कार्यालय बेलवारीमा कार्यरत सर्भेक्षक दिनेशकुमार साहले जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सर्भेक्षक दिनेशकुमार साहलाई रु.७,०००/- (सात हजार) घुस/रिसवत लिइसकेको अबस्थामा उक्त रकमसहित बेलवारी न.पा. वडा नं. १० भाउन्ने चोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet